Incident Reports

पसल गएकी महिलाको अपहरण गरेर हत्या

2016-10-04

Lumbini, Arghakhanchi, Bhumekasthan, Ward 10

धनचौर–५ की ३४ वर्षीया कल्पना भुसालको हत्या आरोपमा सोही गाविसका ३५ वर्षीय गणेश भुसाल र उनका बाबु ५९ वर्षीय खेमराज भुसाललाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ । गत १८ असोजमा दसैँका लागि समान किन्न घरबाट हिँडेकी कल्पनाको हत्या गरेको आरोपमा उनीहरूलाई प्रहरीले प्रक्राउ गरेको हो । प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा आरोपी गणेशले भने, ‘मैले कल्पनालाई सम्झाउँदै घर जाऔँ भन्दै थिएँ उनले मानिनन् । यसै कुरामा विवाद बढ्यो । मलाई कुममा टोकिन्, मैले गालामा हान्छु भन्दा छातीमा लाग्यो, उनी ढलिन् । मेरो हातबाट उनको हत्या भयो । त्यसपछि फाल्न बुबाले सहयोग गर्नुभयो ।’ अभियुक्त गणेशले हत्या गरी शवलाई नदीमा फालेको बयान दिएकै आधारमा प्रहरीले २४ असोजमा जलुके–२ को छेकुवाको जंगलस्थित राप्ती नदी किरानामा शव फेला पारेको थियो । प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बाबुछोरा दुवैको संलग्नता रहेको आशंकामा २२ असोजमा गणेशलाई प्रक्राउ गरेको र गणेशको बयानका आधारमा २३ असोजमा बाबुलाई पक्राउ गरेको बताए । अभियुक्तहरूले रातको समयमा हत्या गरेपछि प्युठानको झिम्रुक नदीमा लगेर शव फालेका थिए । घटनास्थलदेखि झिम्रुक नदीसम्म पुग्न करिब दुई–अढाई घन्टा पैदल यात्रा गर्नुपर्छ । कल्पनाका श्रीमान् भीमलाल भुसालले अभियुक्त गणेशले पैसाका लागि हत्या गरेको बताए । घटनापछि गणेश आफैँले मृतककी बहिनी चन्द्रा खनाललाई दिदी हराएकाले खोजी गरिदिन प्रहरीमा निवेदन दिन लगाएका थिए । कल्पना र गणेशबीच लामो समयदेखि अवैध सम्बन्धसमेत रहँदै आएको स्थानीयको आरोप छ । नाताले उनीहरू जेठाजु–बुहारी हुन् । साथै, गणेश धनचौरमा रहेको सूर्यकिरण कृषि सहकारी संस्थाको अध्यक्ष हुन् भने कल्पना सोही सहकारीकी प्रबन्धक थिइन्
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Local Newspaper - Rupandehi , Local Newspaper - Banke

0 Comments