Incident Reports

Temporary teachers continue protests second day

2016-10-18

Bagmati, Kathmandu, Kathmandu

Temporary school teachers who have been long demanding permanent status through internal competition continued their capital-based protests for the second day today. The Temporary Teachers' Struggle committee staged a sit-in in front of the Prime Minister's official residence, Baluwatar, demanding that temporary teachers should be allowed to sit for internal competition for permanent posts and those failing to get permanency through that process should be bidden farewell with monetary benefits. More, the committee has sought medical allowance and payments to those temporary teachers retired due to age limit (completing 60 years). Committee president Nirendra Kunwar stressed the need of revising the Education Act (eighth amendment) as according to him it has failed to address the demands of temporary teachers. The committee has come onto the street since Tuesday, accusing the government of turning deaf ears to its demands for a long time. RSS अस्थायी शिक्षकले आफूलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिनुपर्ने माग राख्दै बुधबार पनि आन्दोलनका कार्यक्रमलाई यथावतै राखेका छन् । अस्थायी शिक्षक सङ्घर्ष समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्ने लगायतका माग राखी आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका हुन् । समितिले ६० वर्ष पुगी अवकाश प्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायिका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्ने लगायत माग राखेको छ । समितिका अध्यक्ष नीरेन्द्र कुँवरले भने–“शिक्षा ऐन (आठौँ संशोधन) ले अस्थायी शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन । त्यसैले उक्त ऐनलाई पुनः संशोधन गर्नुपर्छ ।” उनले गुणस्तरीय शिक्षाका लागि अस्थायी शिक्षकको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै सरकारले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरी शिक्षामा गुणस्तर ल्याउन नसकिने बताए । लामो समयदेखि आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै समितिले मङ्गलबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम सुरु गरेको हो । शिक्षा ऐन(आठौँ संशोधन) ले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ । यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरूले खाली हात बिदा हुनुपर्ने प्रावधान छ । लिखित परीक्षाअघि नै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments