Incident Reports

अस्थायी शिक्षक आन्दोलनमै

2016-10-18

Bagmati, Kathmandu, Kathmandu

RSS अस्थायी शिक्षकले आफूलाई आन्तरिक प्रतियोगिताबाट स्थायी गरिनुपर्ने माग राख्दै बुधबार पनि आन्दोलनका कार्यक्रमलाई यथावतै राखेका छन् । अस्थायी शिक्षक सङ्घर्ष समितिले अस्थायी शिक्षकको आन्तरिक प्रतियोगिता गर्नुपर्ने, स्थायी हुन नसकेकालाई औषधिको सुविधा प्रदान गर्नुपर्ने लगायतका माग राखी आज प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिएका हुन् । समितिले ६० वर्ष पुगी अवकाश प्राप्त अस्थायी शिक्षकलाई औषधोपचार र उपदानको व्यवस्था गर्नुपर्ने, स्थायिका लागि हुने परीक्षामा उत्तीर्ण हुने शिक्षकको पदावधि अस्थायी नियुक्ति भएकै मितिदेखिको गणना हुनुपर्ने लगायत माग राखेको छ । समितिका अध्यक्ष नीरेन्द्र कुँवरले भने–“शिक्षा ऐन (आठौँ संशोधन) ले अस्थायी शिक्षकको मागलाई सम्बोधन गर्न सकेको छैन । त्यसैले उक्त ऐनलाई पुनः संशोधन गर्नुपर्छ ।” उनले गुणस्तरीय शिक्षाका लागि अस्थायी शिक्षकको अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिँदै सरकारले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरी शिक्षामा गुणस्तर ल्याउन नसकिने बताए । लामो समयदेखि आफूहरुको मागलाई बेवास्ता गरेको भन्दै समितिले मङ्गलबारदेखि विभिन्न आन्दोलनका कार्यक्रम सुरु गरेको हो । शिक्षा ऐन(आठौँ संशोधन) ले अस्थायी शिक्षकलाई ‘गोल्डेन हेन्डसेक’ (अवकाश) र स्थायीका लागि परीक्षा दिने दुई विकल्प दिएको छ । यदि स्थायीका लागि दिने परीक्षामा असफल भए उनीहरूले खाली हात बिदा हुनुपर्ने प्रावधान छ । लिखित परीक्षाअघि नै ‘गोल्डेन हेन्डसेक’ चाहने शिक्षकले त्यसका लागि आवेदन दिइसक्नुपर्नेछ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Weapons None
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments