Incident Reports

इन्सेकको पहलमा घरेलु हिंसा पीडित महिलाको उपचार हुँदै

2016-09-18

Province 1, Jhapa, Damak

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा झापा जिल्ला चियाबगान गाविस-५ की २६ वर्षीया उर्मिला उराउको काठमाडौँस्थित किर्तिपुर हस्पिटलमा उपचार प्रक्रिया अघि बढाइएको छ । पीडित परिवारले आर्थिक अभावको कारण उपचार गराउन नसकेको भन्दै आवश्यक सहयोगको लागि कात्तिक ५ गते इन्सेक मध्यमाञ्चल क्षेत्रीय कार्यालयलाई दिएको निवेदनको आधारमा क्षेत्रीय कार्यालयको पहलमा पीडितलाई भर्ना गरी उपचार प्रक्रिया अघि बढाइएको हो । केही वर्षअघिदेखि घरेलुहिंसा सहँदै आएकी उर्मिला र ३० वर्षीय पति मङरु उराउबिच भदौ २३ गते घरझगडा भएपछि उक्त पीडा सहन नसकी उर्मिलाले आफ्नै शरीरमा मटीतेल खन्याई आगो लगाएको पीडितका भिनाजु मायालाल उराउले इन्सेकलाई दिएको उजुरीमा उल्लेख छ । आगोबाट उर्मिलाको शरीरको ३५ प्रतिशत भाग जलेको उनको उपचारमा संलग्न चिकित्सक पियुस श्रेष्ठले जानकारी दिए । श्रेष्ठले उर्मिलाको शरीरमा रगतको कमी भएको, जलेको भागमा पूर्ण रूपमा ब्याक्टेरियाहरूले संक्रमण बढाएको भन्दै अवस्था ‘क्रिटिकल’ रहेको बताए । यसैबिच चिकित्सकले उपचारको क्रममा खर्च बढ्न सक्ने बताएपछि इन्सेकलगायत अन्य सबै सहयोगी सङ्घसंस्थालाई आवश्यक सहयोग गर्न पीडितको भिनाजु मायालालले अनुरोध गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , National/Online Media

0 Comments