Incident Reports

बलात्कार प्रयास घटनाका दोषी चार वर्षपछि गिरफ्तार

2011-12-08

Lumbini, Dang, Rajpur, Ward 3

२० वर्षीया महिलालाई बलात्कार प्रसाय गरेको घटनामा दोषी ठहरिएका बेला-६ खरदरियाका ४३ वर्षीय नन्कु यादवलाई प्रहरीले कात्तिक १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०६८ मङ्सिर २२ गते बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले मङ्सिर २३ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी गरेपछि आरोपित फरार रहेका थिए । बलात्कारपछि फरार यादवलाई प्रहरीले चार वर्षपछि घरबाटै गिरफ्तार गरी दाङ जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका एसपी धिरजप्रताप सिंहले जानकारी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण ०६८ मङ्सिर २३ गते प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा गरिएको थियो । जिल्ला अदालतले ०६९ असार ५ गते आरोपितलाई दोषी ठहर गर्दै दुई वर्ष ६ महिना सजायको फैसला सुनाएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments