Incident Reports

१५ बर्षीया बालिकाले भनिन्ः ‘बाबुको यौन दुर्व्यवहार सहन नसकेपछि घरबाट भागेँ’

2016-10-22

Gandaki, Syangja, Putalibazar, Ward 5

‘आमा म कामको खोजीमा गएकी छु । फेरि फर्केर घर आउदिनँ’ भन्दै आमालाई चिठी लेखेर पोखरा हिँडेकी १५ वर्षीया बालिका बाबु र छिमेकीको यौन दुव्र्यवहार सहन नसकी घरबाट भागेको पाइएको छ । पौवेगौडे गाविस ७ बस्ने ५६ वर्षीय सौतेलो बाबु र छिमेकी ७४ वर्षीय एक वृद्धको पटक–पटकको जबर्जस्ती करणीका कारण घर छाड्नुपरेको पीडित बालिकाको भनाइ छ । गतवर्षदेखि दुईजनाले पटक–पटक आफूमाथि जबर्जस्ती करणी गरेको उनको आरोप छ । दर्जनभन्दा बढी छोराछोरी र नातिनातिना भएका ती वृद्ध प्रहरीकहाँ उजुरी परेको थाहा पाउनासाथ बेहोस भएका थिए । जिल्ला अस्पतालमा एक दिनको उपचारपछि उनी प्रहरी नियन्त्रणमा छन् । घर छाडेर पोखरा हिँडेको थाहा पाएपछि बालिकाका आफन्तले महिला तथा बालबालिका कार्यालय र प्रहरीमा खबर गरेका थिए । त्यसपछि ती बालिका भेटिएकी हुन् । यस सम्बन्धमा महिला तथा बालबालिका कार्यालय स्याङ्जामा कार्यरत गुरुप्रसाद ढकालले जबर्जस्ती करणी मुद्दाको जाहेरी दिएका थिए । पीडक दुवैलाई जिल्ला अदालतबाट ५ दिने म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । आफ्नै झड्केली छोरीलाई घरमा कोही नभएको अवसर पारी गतवर्षदेखि पटक–पटक जबर्जस्ती करणी गरेको बताइएको छ । पहिलो पत्नीको मृत्यु भएपछि पीडितका सौतेलो बाबुले नानीसहित उनकी आमालाई भित्र्याएका हुन् । उनीतर्फ भने कुनै सन्तान छैनन् । आमा मेलापात गएको अवसर पारी बाबुले बालिकामाथि जबर्जस्ती करणी गर्ने गरेको पीडित बालिकाको भनाइ छ । यसैगरी ७४ वर्षीया वृद्धले आफूमाथि डरत्रास देखाई करणी गर्न नदिए मार्ने धम्की दिने गरेको पनि उनले बताइ । ती वृद्धले जंगलमा लगेर पटक–पटक जबर्जस्ती करणी गरेको बालिकाको आरोप छ । घर फर्किन नचाहने ती बालिकालाई मंगलबारदेखि पोखरास्थित एक गैरसरकारी संस्थामा पठाइएको महिला तथा बालबालिका कार्यालय स्याङ्जाका प्रमुख चन्द्रकुमारी व्यञ्जनकारले जानकारी दिइन् । उनी स्थानीय विद्यालयमा कक्षा ९ मा अध्ययरत थिइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments