Incident Reports

मुखर्जी भ्रमणको रिपोर्टिङ गर्न गएका पत्रकार पक्राउ

2016-11-02

Bagmati, Kathmandu, Kathmandu

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण रिपोर्टिङ गर्न गएका पत्रकार लोकराज जैशीलाई प्रहरीले पक्राउ गरेको छ। समाचार संकलनका क्रममा प्रहरीले अभद्र व्यवहार गरी पक्राउ गरेको क्रान्तिकारी पत्रकार महासंघले जनाएको छ। उनको पक्राउमा विरोध जनाउँदै महासंघले सो घटना प्रेस स्वतन्त्रतामाथि राज्यले गरेको प्रहार र कानुनी राज्यको उपहास भनेको छ। महासंघले पक्राउ पत्रकार जैशीको रिहाईको माग गरेको छ। ‘छिमेकी देशको राष्ट्रप्रमुख वा उच्च ओहदामा रहेका व्यक्तिको भ्रमणका क्रममा सामान्य रुपमा सुरक्षा व्यवस्था कडा बनाइनु ठीकै भएपनि प्रेसलाई समेत बर्जित गर्ने कुनियतपूर्ण कार्यको घोर भत्र्सना गर्दै पक्राउ परेको जैसीलाई तत्काल ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं’, वैद्य माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ महासचिव केशरमणि कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Arrest (politically significant)
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media , INSEC

0 Comments