Incident Reports

बोरामा पोको पारिएको अवस्थामा महिलाको शव भेटियो

2016-11-05

Bagmati, Bhaktapur, Madhyapur Thimi, Ward 8

 मध्यपुर थिमी नपा-२ बोडेमा कात्तिक २१ गते एक महिलाको शव फेला परेको छ । किरा परेर कुहिएको अवस्थामा उक्त शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबाबु ओलीयाले बताए । बोडेबाट मूलपानीतर्फजाने मूल सडकबाट खेततर्फजाने भित्री सडकको छेऊमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक महिलाको टाउकोमा चोट देखिएको र बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याकिदिएकोले मृतक महिलाको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ । मृतक महिलाको पहिचान हुन नसकेको बताउँदै डिएसपी ओलीयाले प्रहरी वृत्त थिमी र अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिए । सविना केसी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , INSEC , Police website , Local Newspaper - Kaski

0 Comments