Incident Reports

स्याङ्जामा केन्द्र माग्दै धर्ना

2016-11-07

Gandaki, Syangja, Waling

स्थानीय तह पुन:संरचनामा भनेकै केन्द्र माग गर्दै र्‍याली गरेकाहरूले सोमबार जिल्ला विकास समितिमा विरोध प्रदर्शन गरेका छन् । र्‍यालीसहित सदरमुकाम परिक्रमा गरेका उनीहरूले जिविस गेटमा धर्ना दिए । जिविसमा स्थानीय तह पुन:संरचना प्राविधिक सहयोग समितिको छलफल चलिरहँदा बाहिर उनीहरूले नाराबाजी गरेका थिए । फेदीखोला केन्द्र माग्दै गठित संघर्ष समितिका संयोजक घनश्याम सुवेदीले संघर्षका कार्यक्रम थाल्नु बाध्यता रहेको बताए । आयोगले स्याङ्जामा बढीमा ११ केन्द्र रहन सक्ने भने पनि प्राविधिक समितिले पहिल्यै निर्धारण गरेको आठवटा केन्द्रलाई मात्र प्राथमिकता दिन खोजेको स्थानीयको आरोप छ । सुरुमा आयोगले तोकेका आठवटा केन्द्र कम भएको विवाद चर्किएपछि आठ केन्द्रसहित थप छवटा वैकल्पिक केन्द्र प्रस्ताव गरी पठाइएको थियो । केही परिवर्तनसहित जिल्लाको अन्तिम प्रतिवेदन बुझाउनुपर्ने भएकाले सबैलाई समेट्ने गरी पठाइने प्राविधिक समितिले जनाएको छ । धर्ना बसेकालाई सम्बोधन गर्दै प्राविधिक समिति संयोजक महेश भट्टराईले २० वर्षपछिको स्याङ्जा परिकल्पना गर्दै प्रतिवेदन बनाउन लागिएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kaski

0 Comments

Related Trend Analysis