Incident Reports

Protest against local level restructuring in Birendranagar | नेताले झुक्याएको भन्दै प्रदर्शन |

2016-11-07

Karnali, Surkhet, Birendranagar

Locals of Satakhani have staged protest at Birendranagar on Monday saying that the political parties went ahead with local level restructuring according to their own whims instead of according to population, geograpy, and convenience of the locals. They said that they were forced to agitate as the political parties did not take the consensus of the locals during local level restructuring. The District Technical Committee had sent a draft proposing 4 municipalities and 5 village units on Friday. The protestors said that they were not consulted before sending the draft to the center. Demanding the decision to be rectified locals of Satakhani staged protests at Birendranagar on Monday. They have clarified that their dissatisfaction is based on political parties trying to relocate VDCs based on the votes garnered during the election rather than on the basis of access and infrastructures. जनसंख्या, भूगोल र पहुँचका आधारमा नभई दलहरूले आफ्नो अनुकूल स्थानीय तहको टुंगो लगाएको भन्दै सुर्खेतमा विरोध प्रदर्शन भएको छ । आफूहरूसँग छलफल नै नगरी दलका नेताहरूले रातारात सहमति गरेर स्थानीय तहको खाका केन्द्रमा सिफारिस गरेको भन्दै सर्वसाधारणले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । उनीहरूहरूले निर्णयमा पुनर्विचार नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । जिल्ला प्राविधिक समितिले शुक्रबारमात्र चार नगरपालिका र पाँच गाउँपालिकासहितको खाका केन्द्रमा पठाएको छ । उक्त खाका आफूहरूलाई जानकारी नै नदिई रातारात पठाइएको भन्दै जिल्लामा विरोध सुरु भएको हो । सदरमुकाम वीरेन्द्रनगरसँग जोडिएको साटाखानीका बासिन्दाले सोमबार निर्णय सच्याउन माग गर्दै वीरेन्द्रनगरमा प्रदर्शन गरे । गाउँबाट गाडी नै रिजर्भ गरेर आएका उनीहरूले जिल्ला विकास समितिको कार्यालयमा धर्ना दिनुका साथै दलहरूविरुद्ध नाराबाजी गरेका हुन् । सुविधा प्राप्ति र पहुँचका आधारमा भन्दा पनि संविधानसभा निर्वाचनमा आफ्नो पार्टीलाई खसेको मतका आधारमा दलहरूले गाविसहरू यताउता पारेर खाका पठाएको स्थानीयको आरोप छ । साटाखानीका बासिन्दाले आफूहरूलाई वीरेन्द्रनगर पायक पर्ने भए पनि पार्टीलाई खस्ने मतका आधारमा अन्यत्रै गाभिएको गुनासो गरेका छन् । यसअघि साटाखानीलाई वीरेन्द्रनगर नगरपालिकामा गाभ्ने सहमति भएको थियो । तर दलहरूले रातारात वीरेन्द्रनगरबाट झिकी साटाखानीलाई लेकबेसी गाउँपालिकामा गाभ्ने सहमति गरेर उक्त प्रस्ताव केन्द्रमा पठाइएको छ । आन्दोलनमा सहभागी साटाखानीका नरेन्द्रबहादुर खत्रीले भने, ‘हामीलाई वीरेन्द्रनगर आउन एक घन्टा लाग्छ तर नेताहरूले रातारात अन्यत्रै गाभेर सात घन्टा हिँड्नुपर्ने बनाए । यो कस्तो न्याय हो ? हामी कुनै पनि हालतमा त्यो स्वीकार गर्दैनौं ।’ उनले माग पूरा नभए संसद् र सिंहदरबार पुगेर भए पनि माग पूरा गराउने बताए । दलहरूले साटाखानीभन्दा टाढाको र भौगोलिक रूपमा विकट गर्पन गाविसलाई वीरेन्द्रनगरमा समायोजन गर्ने प्रस्तावमा सहमति जनाएका छन् । तर नगरपालिकासँगै जोडिएको साटाखानीलाई भने अर्को गाउँपालिकामा समायोजन गर्ने सहमति गरेपछि विवाद उत्पन्न भएको हो । भोट बैंकका आधारमा स्थानीय तहको पुनर्संरचना गरिएको भन्दै सर्वसाधारणले तीव्र विरोध जनाएका छन् साटाखानीका हरिराम अधिकारी भन्छन्, ‘सुविधा हामीलाई चाहिएको हो तर नेताहरूले आफ्नो सुविधामात्र हेरे । हाम्रो गाउँको सबै स्रोत वीरेन्द्रनगर आउँछ । अब हामीले राजस्व तिर्न उल्टो दिशामा जानुपर्ने भयो ।’ साटाखानीका बासिन्दामात्र होइन, जिल्लाका अन्य बासिन्दाले पनि पुनर्संरचनामा असन्तुष्टि जनाएका छन् । पुनर्संरचनाविरुद्ध आन्दोलनमा उत्रिएका सर्वसाधारणले निर्णय नसच्याइए दल र तिनका नेताहरूलाई गाउँ पस्न नदिने चेतावनी दिएका छन् । जिल्लामा प्रदर्शन सुरु भएपछि जिल्ला प्राविधिक सहयोग समितिका संयोजकसमेत रहेका स्थानीय विकास अधिकारी अमृत लम्सालले जनताको माग जायज भएको प्रतिक्रिया दिए । उनले भने, ‘समय छोटो थियो । हामीले चाहेर पनि गाउँ तहसम्म पुगेर घनीभूत रूपमा छलफल गर्न सकेनौं । जनताले मन दुखाउनु स्वाभाभिक हो । हामी अब जनताको भावनाअनुसार संशोधनपत्र आयोगलाई पठाउँछौं ।’
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis