Incident Reports

छोरीको हत्या अभियोग एक पक्राउ, केटासँग भेटेकाे निहुँमा हत्याकाे शंका

2016-11-06

Madhes, Bara, Pheta

छोरीको हत्या अभियोगमा फेटा–४ का एक स्थानीयलाई जिल्ला प्रहरी कार्यालय बाराले नियन्त्रणमा लिएको छ। बाराका प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेतीले बन्का साह तेलीलाई छोरीको हत्या अभियोगमा पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताएका छन्। सोमबारदेखि प्रहरी नियन्त्रणम रहेका साहलाई मंगलबार बारा जिल्ला अदालतबाट कर्तव्य जान मुद्दा अनुसन्धान गर्नको लागि ६ दिनको म्याद थप गरिएको उप्रेतीले जनाएका छन्। उच्च माध्यमीक बिद्यालय फेटामा कक्षा ११ मा पढ्दै गरेकी १६ वर्षीया पुनम साहको आइतबार राती शंस्कास्पद मृत्यु भएपछि उनको शवलाई प्रहरीलाई जनकारी नै नदिए जलाएको अवस्थामा अभियु्क्त साहलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य शुरु गरिएको उप्रेतीले बताए। अभियुक्तले शुरुमा छोरीले घरमा झुण्डीएर आत्महत्या गरेकी र त्यस राती छठ पुजा भएकोले गर्दा हतारमा मृत्यक छोरीको शवलाई जलाएको प्रहरीलाई जानकारी गराएकोमा त्यसको बारेमा अनुसन्धा गर्दा प्रहरीलाई शंका लागे पछि बन्का साहलाई नियन्त्रणमा लिएको उनले बताए। आईतबार बेलुका ९ बजेतिर मृत्यक साहलाई भेट्न घरमा एक जना केटा साथी आएको र दुवै जनालाई परिवारका सदस्यहरुले देखेपछि केटा साथीसँग किन भेटेको भन्दै परिवारका सदस्यहरुल्ो पुनमलाई गाली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले बताएका छन्। प्रहरी उपरीक्षक उप्रेतीले मृत्यक साहले केटासँग कुरा गरेको नियुमा परिवारका सदस्यहरुले गाली गरेको र त्यस पछि घटना रहस्यमै भएकामा अनुसन्धान पछि थप कुरा बाहिर आउने बताए। परिवारको सदस्यहरुले केटा साथीसँग भेटेको, गाली गरेको र शवलाई प्रहरीलाई जानकारी नै नदिई जलाइएकोले मृतक पुनमको आत्महत्या नभई हत्या नै गरीएको निचोडमा पुगेर बुवालाई नै नियन्त्रणमा लिएको ती प्रहरी अधिकृतले बताए। मधेसी समुदायमा छोरीहरुले केटाहरुसँग कुरा गर्दा त्यसलाई गलत रुपमा अर्थलगाउने रुढी परम्परा अहिले पनि जिवित नै छ। त्यही रुढीवादले गर्दा मधेसी मसुदायका चेलीहरु घरभित्रै बन्दी झैं जीवन विताउन बाध्य बन्ने गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media

0 Comments