Incident Reports

चक्काजाम गराउन खोज्ने विप्लब माओवादीका तीन कार्यकर्ता पक्राउ l

2016-11-10

Lumbini, Dang, Ghorahi

चक्काजाम गराउँदै हिड्ने नेकपा माओवादीका तीन जना कार्यकर्तालाई दाङ प्रहरीले पक्राउ गरेको छ। विप्लव माओवादीले बिहिबार बिहान ९ बजेदेखि १० बजेसम्म चक्का जाम गर्ने क्रममा तीन जनालाई पक्राउ गरिएको प्रहरीले बताएको छ । जिल्ला सेक्रेटरी सितलका अनुसार प्रहरीले घोराहीबाट भूपेन्द्र भुसाल, आलोक ठकुरी , हेमेन्त जिसीलाई पक्राउ गरेको छ। जिल्ला सक्रेटरी सितलले पक्राउ गरिएका तीनै जना कार्यकर्तालाई विना सर्त रिहाई गर्न माग गरेका छन्। उनले भने, ‘ हाम्रो यो देश व्यापी रुपमा पूर्व घोषित चक्का जामको कार्यक्रम हो। मुल्य वृद्धि विरुद्धको विरोधका देशव्यापी कार्यक्रम गरेका हौं र शान्तिपूर्ण आन्दोलनमा रहेकाहरुलाई गिरफ्तार गर्नु अन्याय हो।’ पछिल्लो समय खाद्य बस्तु र इन्धनमा ५० प्रतिशत मुल्य बृद्धि गरिएकोले त्यसको समायोजन गर्नुपर्ने माग सहित उक्त पार्टीले कार्तिक २८ गते नेपाल बन्द आह्वान गरेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Road block
Primary Cause Other economic issues
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments