Incident Reports

प्रहरीद्वारा यातना दिएको आरोप, आरोपितलाई कारबाहीको माग

2016-11-08

Madhes, Mahottari, Ekdanra, Ward 6

बथनाहा गाविस-४ का ४५ वर्षीय गङ्गा महतोलाई कात्तिक २३ गते दिउँसो प्रहरीले नियन्त्रणमा बथनाहा प्रहरी चौकीमा मरणासन्न हुने गरी यातना दिएको पीडितका भाइ त्रिवेणी महतोले आरोप लगाएका छन् । पीडित महतोलाई उपचारका लागि कात्तिक २४ गते बिहान भारतको सितामढी लगिएको उनका भाइले आफन्तले जनाएका छन् । आर्थिक लेनदेनको विषयमा मुद्दा चलिरहेको बेला पीडित महतोले मदिरा सेवन गरी सार्वजनिक रूपमा विपक्षीहरूलाई गालीगलौज गरेको आरोपमा प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले यातना दिएको पीडित पक्षको आरोप छ । कुटपिटबाट पीडितको पिठ्युँ, तिघ्रा र पैतालालगायतका शरीरका विभिन्न अङ्गमा निलडाम भएको छ । जलेश्वर अस्पतालमा उपचार सम्भव नदेखिएपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीको पहलमा थप उपचारको लागि भारत लगिएको प्रहरीले जनाएको छ । मानव अधिकार रक्षक सञ्जाल महोत्तरीले घटनाका विषयमा ध्यानाकर्षण भएको जनाउँदै घटना हुनुको कारण खोजी गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेको छ । प्रहरीले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । बथनाहा प्रहरी चौकीका इञ्चार्ज असई शम्भुप्रसाद साह र उनको टोलीलाई घटनाबारे सोधपुछ गर्न जिल्ला प्रहरी कार्यालयमा झिकाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका इन्स्पेक्टर गोबिन्द खनालले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Torture
Weapons None
Primary Cause Other economic issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments