Incident Reports

उपमहानगर माग्दै प्रदर्शन

2016-11-10

झापा क्षेत्र नम्बर ७ को दमक उप-महानगरपालिका बनाउन माग गर्दै आन्दोलन सुरु भएको छ। राजनीतिक दलका कार्यकर्ता बुधबार देखि आन्दोलन कार्यक्रम घोषणा गरी सडकमा उत्रिएका छन्। यस क्रममा बिहिबार त्यस क्षेत्रका सरकारी कार्यालयमा कालो झन्डा गाड्न गएका आन्दोलन कारी र प्रहरी बीच घम्साघम्सी भयो। प्रहरीले चार आन्दोलनकारी लाइ ३ घण्टा नियन्त्रणमा लिएको थियो। माओबादी केन्द्रका गगन पुरी, शंकर बस्नेत, प्रेम बिमली र काँग्रेसका दिपेश दाहाल लाइ नियन्त्रणमा लिएको हो। इलाका प्रसाशनमा जबर्जस्ति तालाबन्दी गर्न खोजे, इलाका प्रहरी कार्यालय दमकका डीएसपी राजन लिम्बुले भने। सुरक्षा संबेदनशीलतालाइ मध्य नजर गर्दै नियन्त्रणमा लिएको हो। लखनपुर, तोपगाछि र धारमपुरलाइ गाभेर दमक उपमहानगरपालिका बनाउनु पर्ने प्रदर्शनकारीको माग छ। आन्दोलनमा राप्रपा नेपाल बाहेक सबै राजनीतिक दलको समर्थन देखिएको थियो। यसअघि स्थानीय तह पुनर्संरचना आयोगले इलाका लाइ आधार माग्दै स्थानीय तह निर्धारण गर्ने सकिने निर्देशिका पठाएपछि विवाद बल्झिएको हो। यसै बीच कार्तिक २२ गते सिफारिस गरिएका १५ वटा स्थानीय निकाय सहित खाका लाइ नेकपा एमाले सहित को अन्य ६ साना दलले बिरोध जनाएका छन्। उनीहरुले बुधबार जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दिपक दाहाललाइ ज्ञापनपत्र बुझाउदै पुनविचार गर्न आग्रह गरे। उक्त निर्णय समिति दलको आडमा गरिएको एमालेको आरोप छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Other Sources

0 Comments

Related Trend Analysis