Incident Reports

शिक्षा नियमावलीको विरोधमा निजी विद्यालयको प्रदर्शन

2016-11-11

Bagmati, Kathmandu, Kathmandu, Ward 11

प्रस्तावित शिक्षा नियमावलीमा निजी विद्यालयप्रति पूर्वाग्रह गरिएको भन्दै निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन)ले शुक्रबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । शिक्षा मन्त्रालयले तयार गरेको शिक्षा नियमावली, २०७३ को मस्यौदामा निजी लगानीमा सञ्चालित विद्यालयलाई गुठीअन्तर्गत सञ्चालन गर्न अनिवार्य गरिएको र विद्यालयको तहगत संरचना ध्वस्त पार्न खोजिएको सङ्गठनको आरोप छ । एनप्याब्सनसँगै संस्थागत विद्यालय सङ्घ (इसान) पनि विरोध प्रदर्शनमा सहभागी भएको थियो । सहभागीले हातमा कालोपट्टी बाँधेर एक घन्टा धर्ना दिएका थिए । धर्नापछिको सभामा एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले पूर्व प्राथमिकदेखि कक्षा १२ सम्म करिब ३० प्रतिशत क्षेत्र ओगटेको निजी शैक्षिक क्षेत्रलाई नियमावलीको परिभाषामा समेत नराखिएकामा आपत्ति जनाउनुभयो । उहाँले नियमावली जारी गर्दा आफ्ना माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments