Incident Reports

बबई नगरपालिका माग गरिरहेका भुरीगाउँवासीमाथि लाठीचार्ज

2016-11-12

Lumbini, Bardiya, Bansagadhi

बबई नगरपालिकाको माग राख्दै तीन दिनदेखि आन्दोलनमा रहेका स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपमा एक प्रहरी जवानसहित आठजना घाइते भएका छन् । बर्दियास्थित पूर्व-पश्चिम राजमार्गको भुरीगाउँमा राजमार्ग बन्द गराउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रहरीको लाठीचार्जबाट बीपी भण्डारीसहित सातजना प्रदर्शनकारी घाइते भएका स्थानीय भावुक योगीले जानकारी गराए । प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बाटो खुलाउन सामान्य बल प्रयोग गरी उनीहरुलाई हटाएको बताए । उनका अनुसार प्रहरीले लाठीचार्ज नगरेको बरु प्रदर्शनकारीबाट ढुंगामूढा हुँदा प्रहरी जवान टंकबहादुर खत्री घाइते भए । खत्रीको चिउँडोमा चोट लागेको छ । प्रहरीले सडक अवरोध हटेको बताए पनि प्रदर्शनकारीले चक्काजाम जारी राखेका छन् । पहिले बबई नगरपालिकामा रहेको भुरीगाउँ नयाँ संरचनामा कुनै नगरपालिकामा नपरेको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् । भुरीगाउँ नगरपालिकामा राख्न मापदण्ड नपुगेको भन्दै जिल्ला प्राविधिक समितिले वैकल्पिक रुपमा राखेर स्थानीय तह पुनर्संरचना आयोगमा प्रतिवेदन बुझाएको थियो । शुक्रबार र बिहीबार पनि स्थानीयले सोही सडकखडमा डेढ घण्टा चक्काजाम गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Road block
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 50
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 8
National/Online Media , Local Newspaper - Banke

0 Comments

Related Trend Analysis