Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-11-12

Lumbini, Rupandehi, Siyari, Ward 7

१९ वर्षीय महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा अमुवा गाविस-५ का २० वर्षीय शिवकुमार मल्लाहलाई प्रहरीले २८ गते घरैबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपित शिवकुमार सहित अन्य तीनजना समेतले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यलय बुटवलमा कात्तिक २८ गते उजुरी दिएको थियो । उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए । अन्य आरोपितको खोजी भइरहेकोसमेत उनले बताए । पीडित महिलाको स्वास्थ परीक्षण लुम्बिनी अञ्चल अस्पताल बुटवलमा कात्तिक २८ गते गरिएको पनि डिएसपी मरासिनीले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Rupandehi

0 Comments