Incident Reports

पुनर्संरचनाको विषयमा संखुवासभाको माम्लिङ तनावग्रस्त, १५ जना घाइते

2016-11-16

Province 1, Sankhuwasabha, Dharmadevi

स्थानीय निकाय पुनसंरचना गर्दा संखुवासभाको मामलिङ, आँखीभूइ र तामाफोकका लागि प्रस्तावित धर्मदेवी नगरपालिकाको केन्द्रको विषयमा विवाद भएपछि प्रहरी र स्थानीयबीच केहीबेर अघि झडप भएको छ । नगरपालिकाको केन्द्र मामलिङको अरुण प्रवेशमार्गमा राख्न माग गर्दे आन्दोलनमा उत्रिएका स्थानीयलाई प्रहरीले लाठीचार्ज गरेपछि तनाव भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ । ससस्त्र प्रहरीले ९ राउण्ड हवाई फायरीङ गरेको छ । आन्दोलनकारीको ढुंगाले लागेर प्रहरी जवान लक्षण बस्नेत घाइते भएका छन् । आन्दोलनमा उत्रिएका स्थानीयले धरानबाट आउँदै गरेको यात्रुबहाक बसलाई ढुंगाले हानेर सिसा फुटाएपछि प्रहरी र उनीहरुबीच भिडन्त भएको थियो । प्रहरीको लाठी प्रहारबाट नारायण लिंखा, सीताराम भण्डारी, यदुनाथ नेपाल, सुभाष पौडेल, किरण राई लगायत १५ जना घाइते भएको स्थानीयवासिन्दाले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 25
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 15
Totally damaged Vehicles 2
National/Online Media

0 Comments

Related Trend Analysis