Incident Reports

बिद्यार्थीद्वारा कार्यालयमा तोडफोड

2016-11-15

Karnali, Surkhet, Birendranagar

माग पुरा नभएको भन्दै मध्यपश्चिम विश्व विद्यालयको इन्जिनिएर संकायका बिद्यार्थीले मंगलबार बिस्तारित कार्यालय तोफोड गरेका छन्। बिहान बार्ता भइरहेका बेला बिद्यार्थीको एक समूहले कार्यालयमा रहेको उपकुलपति प्राडा उपेन्द्र कोइरालाको निवास, सचिवालय, स्टोर, र गाडी तोडफोड गरेका हुन्। विश्व बिद्यालय का सूचना अधिकारी विष्णुकुमार खड्काले बिद्यार्थी र विश्व बिद्यालय बीच बार्ता चलिरहेका बेला केहि बिद्यार्थी तोडफोडमा उत्रिएका बताउनु भयो। बिद्यार्थीले उपकुलपति चड्ने बा ९ च ६४४० नबरको गाडी तोडफोड गरेका छन् भने उपकुलपतिको निवास भित्रै गएर कुर्सिहरु बजारेर सिसा फुटाएका छन्। गत शुक्रबार देखि विभिन्न ६ बुदे माग राखी केन्द्र कार्यालयमा तालाबन्दी गरि आन्दोलन थालेका उनीहरुले सेमेस्टर परिक्षामा ५० प्रतिशत अनुतीर्ण हुनेलाई पुन: परिक्षामा सामेल हुन नपाउने निर्णय खारेज गर्नुपर्ने, उत्तरपुस्तिका परीक्षाण गर्दा समपरीक्षाण को व्यवस्था गर्नु पर्ने माग राखेका छन्। यस्तै बिधि र प्रक्रिया मा रही कुनै पनि बिद्यार्थीलाई उपेक्षा नगरी अन्तरिक नम्बर राखिनु पर्ने प्रत्येक वर्ष १० प्रतिशतका दरलले वृद्धि भैरहेको शैक्षिक शुल्क तत्काल खारेज गर्नु पर्ने र ५० प्रतिशत विद्यार्थी लाई छात्रवृतिको व्यवस्था गर्नु पर्ने माग राखिएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Total damaged Buildings 1
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Jumla

0 Comments