Incident Reports

यौन हिंसा पीडितको प्रश्न- न्याय पाउने कहिले?

2016-11-17

Nepal

अरुणा उप्रेतीले हिंसा सहेर बस्ने महिला अब कम्तीमा हिंसाविरुद्ध बोल्न थाल्नुबाट चेतना वृद्धि भएको देखिएको बताइन्। महिला र पुरुष दुवैको मानसिकतामा परिवर्तन नल्याई यौन हिंसा कम गर्न नसकिने उनको भनाइ थियो। 'प्रहरीमा महिला हिंसाको २० प्रतिशत घटनामात्र दर्ता हुनुलाई राम्रो मान्न सकिँदैन,' डा. उप्रेतीले भनिन्, 'समाजबाट महिला हिंसाको जरो उखेल्न सरकारले सामाजिक मूल्य मान्यतामा परिवर्तन ल्याउने कार्यक्रम तय गर्नुपर्छ।' कार्यशालापूर्व परामर्श बैठकमा अपांगता र यौनिक तथा लंैगिक अल्पंख्यक समूहका सदस्य, यौन हिंसा पीडितहरू र सांसदसँग छलफल गरिएको थियो। छलफलबाट निस्केका सुझाव गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाइएको थियो। 'महिला सुरक्षाका लागि गृह मन्त्रालय प्रतिबद्ध छ,' गृहमन्त्री निधिले सुझाव पत्र बुझ्दै भने, 'तर प्रहरी प्रशासन एक्लैले महिला हिंसा रोकथाम गर्न सक्दैन, समाज, व्यक्ति, समुदाय मिलेर लाग्नुपर्छ।र्छ।'
National/Online Media

0 Comments