Incident Reports

इलाका टुक्र्याइएको भन्दै कालिकाेटमा विरोध प्रर्दशन

2016-11-17

Karnali, Kalikot, Khandachakra

जिल्लाको इलाका नम्वर ७ का स्थानीयवासीले इलाका टुक्राएको भन्दै सदरमुकाम मान्मामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। गत कार्तिक २९ गते सर्वदलीय निर्णयबाट इलाका नम्बर ७ को छाप्रे गाविसलाई ८ नम्बर इलकामा मिसाएको भन्दै विरोध प्रर्दशन गरिएको हो। जिल्लाका राजनीतिक दल र स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले रातारात इलाका टुक्र्याएको भन्दै स्थानीय राजनीतिक दलका नेता र स्थानीयवासीले प्रर्दशन गरेका हुन्। स्थानीय स्तरमा गाविस सचिव जिविसका कर्मचारी र स्थानीय राजनीतिक दल र सर्वसाधारणले इलाका नटुक्राउने गरी गरिएको निर्णय जिल्ला स्तरका नेता र कर्मचारीले कुल्चेकाले आन्दोलन गर्न बाध्य भएका सयुक्त संघर्स समिति चिल्खायाका संयोजक मनबहादुर थापाले बताए। उनले भने, जबसम्म इलाकाले गरेको निर्णय जस्ताको तस्तै कायम हुँदैन तवसम्म आन्दोलन जारी राख्ने छौं। माथील्लो स्तरका नेताले गाउँलेको माग सुनुवाइ नगरे थप विरोध गर्ने चेतावनी समेत उनले दिए । छाप्रे गाविस इलाका नम्वर ७ मै भए पनि भौगोलिक हिसावले निकै कठिनाइ र पाइक नपर्ने भएकोले इलाका नम्वर ८ संग जोडिएको जिल्ला स्तरका राजनीतिक दलका नेताहरुले बतएका छन् । स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समितिका संयोजक तथा स्थानीय विकास अधिकारी प्रदिपराज अधिकारीले सर्वदलीय निर्णय अनुसार नै केन्द्रमा पेस गरेको बताए । स्थानीय चिल्खाया गाविसका महिलालगायत १ सय भन्दा बढीको संख्यामा जिल्ला प्रशासन कार्यालय कालिकोटमा विरोध पर्दशन गर्दै साविक इलाका कायम गर जस्ता नारा लगाएका थिए । तर इलाका नम्वर ८ मा जोडिएको छाप्रे गाविसका स्थानीय र राजनीतिक दलले भने मौन देखिन्छन् । भौगोलिक रुपमा ७ नम्वर सँग समस्या देखिएकाले समयमै ८ नम्वर इलाकामा रहेको छाप्रेवासीको भनाई छ । इलाका नम्वर ७ मा ६ नम्वर इलाकामा पर्ने गेला गाविस पनि जोडिएको छ । जिल्लामा स्थानीय तहको संख्याको टुंगो लागे पनि सिमांकनमा समस्या उन्पन्न भएको छ । स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले दुई नगरपालिका र ७ वटा गाउँपालिका गर्ने प्रस्ताप पेस गरेको छ । जिल्लाका हाल ९ वटा इलाकालाई आधार बनाए पनि कतिपय गाविस भुगोलको आधारमा यता र उता गरिएको प्राविधिक सहयोग समितिले जनाएको छ । समितिले ९ वटा पालिका प्रस्तावित गरिएको स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक प्रदिपराज अधिकारीले बताए । इलाका नम्वर १ मा पर्ने पाँखा,दाहा र बदालकोट गाविसका वडा नम्वर १,२,३ र भर्ताको ८ नम्वर वडा मान्म गाविसलाई खाडाचक्र नगरपालिकामा प्रस्ताप गरिएको छ । त्यस्तै इलाका नम्वर २ अन्तर्गत रहेका बदालको गाविसको ४ नम्वर वडादेखि ९, राम्नाकोट गाविसको ९ वटै वडा र नानिकोट गाविसको १ देखि ७ वडा पचालझरना गाउँपालिकामा प्रस्तावित भएका छन् । इलाका नम्वर ३ अन्तर्गत पर्ने सिपखाना,स्युना,फुकोट गाविस र नानिकोट गाविसको वडा नंम्वर ८ र ९ सयुक्त हुने गरि रास्कोट नगरपालिका हुने प्राविधिक सहयोग समितिले जनाएको छ । ४ नम्वर इलाकामा पर्ने मुम्रा,मेहलमुडि र रकु गाविसलाई त्रिवेणी गाउँपालिका बनाइएको छ । त्यतै ५ नम्वर इलाकामा पर्ने रुप्सा,माल्कोट,लालु,कोटवाडा र कुमालगाउँ गरि ५ वटा गाविसको नरहरीनाथ गाउँपालिकामा प्रस्ताप भएको छ । ६ नम्वर इलका अन्तर्गत भर्ता गाविसको १ देखि ७ वडा,सुकाटिया र गेला गाविसलाई कालिका गाउँपालिकामा सिफारिस भएका छन् । सोहि इलाकामा पर्ने भर्ता ८ पोरिपाल्नी खडाचक्र नगरिपालिकामा मिसिएको छ । भर्ताको ६ नम्वर वडा मगर जातीको वडा भएकाले संरक्षित वडाको रुपमा प्रस्तापीत भएको छ । इलाका ७ अन्तर्गत गेला,ओदानकु र चिल्खाया गाविसको महावै गाउँपालिका हुने भएको छ । त्यस्तै ८ नम्वर इलाकामा पर्ने फोइमहादेव,छाप्रे, राचुली र जुविथा गविस तिलागुफा गाउँपालिकाको रुपमा प्रस्तावित भएका छन् । इलाका नम्वर ९ अन्तर्गत पर्ने पलाता क्षेत्रका खिन,धौलागोह र थिर्पु गविसको पलाता गाउँपालिकामा प्रस्तावित भएको छ । गाउँमा सुझाव संकल गरेर सदरमुकाम फकिएका गाविस सचिवले ल्याए पनि अन्ततःसर्वदलिय वैठकले सुझावलाइ थोरै फेरबदल गरेको छ । रास्कोट नगर पालिकासंग जोडिएको मुम्रा गाविसलाई दलका नेताले त्रिवेणी गाउँपालिकासंंग जोडेका छन् । त्यस्तै इलाका नम्वर ४ मा विगतदेखि नै मुम्रा गाविस भए पनि नगरपालिकामा जाने स्थानीयकको माग भए पनि जिल्लाका नेताहरुले रातारात उल्टाएका भन्दै स्थानीय आक्रोसमा छन् । भुगोलको हिसावले पनि रास्कोट नगरिपालिका संग मुम्रा गाविस पाइक परेकाले राजनीतिक दलले जनताको माग अनुसार रास्कोट नगरपालीका संग मुम्रालाइ जोडिनु पर्ने मुम्राका स्थानीय रंगराज सिम्खाडाले बताए । स्थानीय तह पुर्नसंरचना समिति र स्थानीय राजनीतिक दललगायतकाले सर्वसम्मत रुपमा नगरपालिकासँग जोडिने भने पनि जिल्ला स्तरका नेताले निर्णय उल्टाएको भन्दै आपत्ती जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Jumla

0 Comments

Related Trend Analysis