Incident Reports

बालविवाह घटनाका आरोपित गिरफ्तार

2016-11-22

Province 1, Ilam, Illam

१५ वर्षीया बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले सूर्योदय नपा-१ का २० वर्षीय पदमबहादुर राईलाई मङ्सिर ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग मङ्सिर ४ गते आरोपितसँग विवाह गरेको पत्ता लागेको पीडित बालिकाको परिवारले प्रहरीमा खबर गरेपछि आरोपितलाई गिरफ्तार र पीडित बालिकाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर महेश खनालले जानकारी दिए । छोरीले उमेर नपुग्दै विवाह गरेपछि परिवारले आइतबारे प्रहरी चौकीमा मङ्सिर ५ गते निवेदन दिएपछि अनुसन्धान सुरु गरिएको इन्स्पेक्टर खनालले बताए ।

0 Comments