Incident Reports

निजगढ नगरपालिकामा तालाबन्दी

2016-11-14

Madhes, Bara, Nijgadh

सडक र नाला बनौन ढिलाइ गरेको भन्दै स्थानीयले सोमबार निजगढ नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन । नाला बनाउन स्काभेटरद्वारा चार महिना अघि घर आँगन अगाडी खाडल खानी काम अधुरो छाडेपछि निजगध सहिद चोकमा स्थानीय, पसले यात्रुहरु शुलो र हिलोको सास्ती खेपिरहेका छन । काम अघि बढाउने आग्रह गर्दा बेवास्ता गर्दै आएका थिए । समस्या समाधान गर्न धेरैपटक गरेको आग्रहलाइ अटेर गर्दै आएको मृत संजीवनी देव एण्ड सायर जेभिका ठेकेदार कलैया १९ का सुरेन्द्र प्रसाद जेयेस्वाल र डिभिजन सडक हेटौडाका सवइन्जिनीयर प्रकाशचन्द्र रावतलाई छलफलका लागि इलाका प्रहरी कार्यालय निजगढमा झिकाइएको थियो । सार्वजनिक स्थानमा राख्ने, अधुरो कामलाई निरन्तरता दिने, ठेक्का सम्झौता समयसीमा अगावै काम सम्पन्न गर्न प्रयत्न गर्नेलगाएत लिखित सहमति गरेका छन । पिडित घरधनी, व्यापारी, स्थानीय समाजसेवी, साचारकर्मी, सुरक्षा निकाय, निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल पोख्रेल सहितको उपस्थितिमा छलफल भएको ३ घण्टापछि ताला खोलिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments