Incident Reports

पाँच वर्षीया बालिका बलात्कृत: डरका कारण लुकाइयो घटना

2016-09-29

Karnali, Jajarkot, Kuse, Ward 9

भूपेन्द्रप्रकास मल्लले बालिकाको योनिबाट पानी बगिरहेको, पुरानो घाउ देखेपछि शंका लागेर सोधखोज गर्दा बलात्कार भएको परिवारले जनाएको बताए । उनले भने, ‘केरकार गर्दा बालिकाका बाबुले बलात्कार भएको बताए । त्यसपछि तत्काल प्रहरीमा खबर गरेँ ।’ यता, प्रहरीले पनि घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । घटनाबारे बालिकाकी आमाले तत्कालै थाहा पाए पनि सामाजिक रूपमा बहिस्कृत हुने डरले कसैलाई नभनेको बालिकाका बाबुले बताएका छन् । उनले घटनापछि छोरी राति कराउने, चिच्याउने गरेको बताए । छोरी बलात्कृत हुँदा पनि प्रहरीमा उजुरी नगरेका कारण प्रहरीले रकम लेनदेनमा घटना गुपचुप पार्ने प्रयास भएको हुन सक्ने आशंका गरेको छ । घटनाबारे थाहा पाउनेबित्तिकै प्रहरीले निगरानी र अनुसन्धान बढाएको प्रहरी निरीक्षक सुवास भट्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments