Incident Reports

२० वटा गाडीलाई रुट परमिट दिएको विरोधमा प्रदर्शन

2016-11-15

Madhes, Parsa, Birgunj

विरगंजका बस व्यवसायीहरुले आज नारायणी यातायात व्यवस्था कार्यालयबाट जारी रुट परमिटको विरोध गर्दै कार्यालय घेराउ गरेका छन । नारायणी यातायात व्यवस्था कार्यालय इजाजत रुट शाखा अधिकृत नारायण गौतमले सरुवा हुनुअगडि २० वटा गाडीलाई घण्टाघर क्षेत्र भनि लेखेर दिएको विरोधमा व्यवसायीहरुले गाडी तेर्स्यएर यातायात कार्यालय अगाडी प्रदर्शन गरेको थिए । विरगंज-पथलैया सडकखण्डमा अधिकृत गौतमले २० वटा साना सवारीसाधनलाई इजाजत दिएको भनि व्यवसायीहरुले विरोध गरेको बताए । नारायणी यातायात व्यवसायी संघ हेटौडाका उपाधय्क्ष विनोद मानन्धरले सो सडकखण्डमा सवारी रुट इजाजतपत्र दिनको लागि विगत लामो समयदेखि विवाद चल्दै आएको थियो । पटक-पटक विवादको कारण सोहि विषयलाई लिएर व्यावासयिहरुबिच हातहालाहालको सिथिति समेत आएको थियो । यातायात व्यवस्था कार्यालयले इजाजत दिंदा विरगंज क्षेत्र भनेर रुट परमिटमा उलेख गर्ने गरेकोमा अधिकृत गौतमले २० वटा साना सवारीसाधनको इजाजत दिने क्रममा घण्टाघर लेक्खेरा दिएका थिए । सरुवा हुने वेलामा गरिएको सो कार्य सार्वजनिक भएपछि व्यवसायीहरुले यातायात कार्यालय अगाडी गाडी तेर्स्येरा प्रदर्शन गरेका हुन् । विरगंज-पथलैया सडकखण्डमा अहिले सिटिराइड ४ चक्के ३० वटा, ६ चक्के १० वटा र टेम्पो १४६ वटा संचालित छ । वाटोको क्षमता अनुसार रुट प् परमिट दिनुपर्ने व्यवसायीहरुले भनाइ छ । सो रुटमा यस अघि नै बढी सवारीसाधन संचालनमा रहेकोले व्यवसायीहरुले घाटा बेहोर्नुपरिरहेको उनीहरुको भनाइ छ । शाखा अधिकृत गौतमले नियम मिचेर रुट परमिट दिएको उपाध्यक्ष मानन्धरले आरोप लगाए । शाखा अधिकृत गौतमले कार्तिक २४ गते २० वटा रुट परमिट दिएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments