Incident Reports

संविधान संशोधन विरुद्ध बुटवलमा प्रदर्शन

2016-11-22

सत्तापक्षले संविधान संशोधन गरी पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाई तराईबाट अलग गर्न लागेको भन्दै बुटवलसहित रुपन्देहीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भएका छन् । प्रदेशका नागरिकको चाहना र भावना विपरित मुलुकलाई नै विखण्डन गर्ने षड्यन्त्र स्वरुपको गतिविधि हुन लागेको भन्दै जिल्लामा विरोध प्रदर्शन भएको हो । विभिन्न संघसंस्थाका प्रतिनिधि तथा नागरिक अगुवाहरुको पहलमा रुपन्देहीको बुटवल, फर्साटिकर, मणिग्राम, सालझण्डी, देवदह, भैरहवालगायतका स्थानमा विरोध प्रर्दशन भएको थियो । नागरिक अगुवाहरुले सामाजिक सञ्जालमार्फत सूचना जारी गरेर सरकारले ‘राष्ट्रघाती कदम’ चाल्न लागेको भन्दै त्यसका विरुद्ध एकजुट हुन आह्वान गरेका थिए । प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्राउन पाईंदैन खेतला सरकार चाहिंदैन, संविधान संशोधन गर्न दिंदैनौं, जनताको संविधान कार्यान्वयन गर, आत्मसर्मपणवादी मुर्दावाद जस्ता नारा लगाएका थिए । बुटवलको ट्राफिक चौकमा भएको विरोध प्रदर्शन पछिको कोणसभामा बोल्ने अगुवाहरुले सामाजिक एकतासहितको राष्ट्रियता र अखण्डताका पक्षमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । युवा नेता खिमलाल भट्टराईले सामाजिक एकता नै भत्काउने र मुलुकको अखण्डतामै असर पर्नेगरी भइरहेका कुनै पनि चलखेललाई जनताले स्वीकार नगर्ने बताए । उनले यस्तो देशघाती कदमका विरुद्ध कुनै पनि दल विशेषको मात्रै नभई सबै नेपालीहरु एक भएर लाग्नुनपर्नेमा जोड दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis