Incident Reports

विद्यार्थीद्वारा प्रदर्शन

2016-11-24

प्रदेश नम्बर ४ मा राखिएको नवलपरासीको नवलपुर खण्डलाई संविधान संशोधनमार्फत ५ नम्बरमा सार्ने तयारीविरुद्ध थालिएको आन्दोलन जारी छ । नवलपुरसहित विभिन्न क्षेत्रमा बिहीबार एमालेका भातृ संगठनले संयुक्त रूपमा विरोध प्रदर्शन गरे । अनेरास्ववियु, अखिल नेपाल महिला संघ र युथफोर्सले जिल्लाका बजार क्षेत्र अरुणखोला, कावासोती र गैंडाकोटमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग बिहान ९ देखी १० बजेसम्म एक घण्टा अवरुद्ध हुन पुग्यो । त्यस क्रममा प्रदशर्नकारीले एउटा कार तोडफोड गरे । उनीहरूले नवलपुरलाई ४ नम्बर प्रदेशबाट हटाइए कडा संघर्षमा उत्रिने चेतावनी दिँदै जनचाहना कदर गर्न सरकारसँग माग गरे । यसअघिको सीमांकनअनुसारै नवलपुर क्षेत्र प्रदेश नम्बर ४ र परासी खण्ड ५ मै कायम गरिनुपर्ने भन्दै नेपाली कांग्रेस र एमालेका स्थानीय तहका संगठन आन्दोलित छन् । प्रदर्शनपछि आयोजित कोणसभामा क्षेत्र नम्बर ३ का सांसद कृष्ण पौडेलले सडक र सदन दुबैबाट नवलपुरलाई क्षेत्र नम्बर ४ मै कायम गराइछाड्ने प्रतिबद्धता व्यक्त गरे । कांग्रेस भातृ संस्था तरुण दल र नेविसंघले आइतबार उक्त क्षेत्र बन्द गराएका थिए । नवलपुर क्षेत्रका पहाडी गाविसमा समेत स्थानीय आन्दोलित छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 12
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis