Incident Reports

तानसेनमा झडप, प्रहरीसहित चार घाइते

2016-11-27

Lumbini, Palpa, Tansen

गत दशैंदेखी हराईरहेकी विनुको शव सनाखत गरि दाहसंस्कार गरेका आफन्तले विनुको हत्या नै भएको र प्रहरीले दोषी पक्राउ गर्न नसके विरोधमा तानसेनमा प्रदर्शन गरेका छन् । आइतबार पीडित पक्षले गरेको प्रदर्शनमा लाठी चार्ज भएको छ । एक प्रहरी र तीन प्रदर्शनकारी घाईते भएका छन् । घाईतेमध्ये हेक्लाङ्ग–७ का अमरबहादुर ठाडालाई टाउकोमा चोट लागेकोले जिल्ला अस्पताल पाल्पामा उपचार भैरहेको छ । अन्यको अवस्था भने सामान्य रहेको छ । तानसेन परिक्रमा गरेपछि प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालयमा नाराबाजी गर्दै धर्ना दिएका छन्। विश्वभर जारी लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत नेपालमा पनि हिंसा बिरुद्धका अभियान चलिरहँदा विनुको हत्यामा संलग्नहरु पक्राउ नपर्नु दुःखद रहेको प्रदर्शनकारीको भनाइ छ। विनुका भाई भद्र पुलामीले प्रहरी प्रशासनले दोषीहरुलाई संरक्षण दिन थालेको आरोप लगाएका छन् । यसैबीच प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र जिल्लास्थित राजनीतिक दलहरुबीचमा वीनु प्रकरणलाई विषय बनाएर छलफल भएको छ । छलफलमा राजनीतिक दलहरुले दोषीलाई कुनैपनि हालतमा उम्कन नदिन एकस्वरले दवाव दिएका थिए। जिल्लास्थित विद्यार्थी संघसंगठनहरुले पनि प्रशासनमा दवाव बढाएका छन्। आइतबार विद्यार्थी संगठनको आव्हानमा जिल्लाका शिक्षण संस्थाहरु बन्द गरिएको छ। असोज २५ गते (दशैंका दिन) देखि वेपत्ता रहेकी हेक्लाङ्ग—६, पाल्पाकी विनुको हत्या भएको माइतीपक्षको भनाई छ। पुलामीको चार वर्ष अगाडी अन्तरजातीय विवाह भएको थियो । बिहीबार विनुका परिवारजनले उनको हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए । कार्तिक ४ गते हुँगी—१, पाल्पामा फेला परेको शव उनीहरुले विनुको भन्दै शव उत्खनन् गरि दाहसंस्कार समेत गरिसकेका छन् । घटनामा मुख्य दोषी रहेका भनिएका विनुका पति ताहुँ—७ का दिपेन्द्र बस्याल अहिलेसम्म फरार छन्। दिपेन्द्रसँगै उनका बुबा र आमालाईसमेत निगरानिमा राखेर अनुसन्धान गर्नुपर्ने संघर्ष समितिका संयोजक डीबि थापाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Other governance issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people 100
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
National/Online Media , Local Newspaper - Rupandehi

0 Comments