Incident Reports

प्रदेश नटुक्र्याउन माग गर्दै रोल्पा बन्द

2016-11-28

Lumbini, Rolpa, Rolpa

संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशबाट रोल्पा जिल्ला छुट्याउन लागेको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रोल्पालीले आज आधा दिन जिल्ला बन्द गरेका छन् । यसअघि युवा विद्यार्थीको विरोध जुलुस र महिलाको विरोध जुलुसले एक घन्टे चक्काजामसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइ सकेका छन् । सोमबार बिहानैदेखि रोल्पाका लामो तथा छोटो दूरीका सवारीसाधन गुडेका छैनन् भने बजार, होटल,विद्यालय र उद्योगधन्दा पनि ठप्प रहेका छन् । रोल्पालाई टुक्र्याउन नदिन सप्ताहव्यापी आन्दोलन गरिएको अखण्ड ५ नम्बर प्रदेश सरोकार समितिका सदस्य सचिव महेश न्यौपाने बताए । आन्दोलनकारीको माग नसुनी जबर्जस्ती गर्न खोजिए थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने सरोकार समितिले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis