Incident Reports

सीमाकंन हेरफेरको बिरोधमा प्युठान बन्द, बिरोध प्रदर्शन

2016-11-30

पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला हटाउने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा प्युठानबासी आन्दोलित भएका छन्। हालको पाँच नम्बर प्रदेशबाट पहाडी जिल्ला प्रदेश नम्बर ४ र ६ मा गाभ्ने गरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको निर्णय बिरुद्ध जिल्ला बन्दको आह्वान गरिएको छ। बुधवार बिहानैदेखि जिल्लाका चोक चोकमा टायर बालेर बिरोध सभा र सरकारको संशोधन विधेयक बिरुद्ध प्रदर्शन भइरहेको छ। सार्वजनिक यातायात पूर्ण रुपमा बन्द छन्। विद्यालय शैक्षिक संस्था समेत बन्द गरिएको छ । ब्यवसायीले स्वतस्फुर्त पसल बन्द गरी सरकारको बिरोधमा बन्दको समर्थन गरेका छन्। यसअघि जिल्लालाई ६ नम्बर प्रदेशमा गाभ्ने भनेपछि प्युठानमा पछिल्लो एक हप्तादेखि आन्दोलन हुँदै आएको थियो । पहाडी जिल्ला छुट्टयाउने प्रस्तावित विधेयकको बिरुद्ध बिभिन्न बिरोध प्रदर्शन भइरहेका छन् । सरकारबाट प्रस्तावित विधेयकमा प्युठानलाई पाँच नम्बर प्रदेशबाट टुक्राउन खोजिएकोमा संयुक्त रुपमा दलहरु आन्दोलित भएका हुन् । दलहरुले आफ्ना सबै भातृ संगठनहरुलाई समेत चरणबद्ध आन्दोलनमा लाग्न हौसाएका छन् । प्युठान जिल्लामा क्रियाशिल राजनैतिक दल तथा सर्वपक्षीय निर्णय अनुसार प्युठान जिल्लालाई पूर्व घोषित संघीय प्रदेशको ढाचा अनुसार यस जिल्लालाई साविककै ५ नम्वर प्रदेशमा रहने व्यवस्था मिलाउन जिल्लावासीको माग छ । सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावमा ५ नम्बर प्रदेशको सीमा हेरफेर गर्नै नहुने भन्दै जिल्लाबाट सर्वदलीय तथा सर्वपक्षीय रुपमा बिरोध भएको छ। सत्तापक्ष रहेका राजनीतिक दल र सत्ता विपक्षमा रहेको दलहरुले संयुक्त रुपमा संघर्ष समिति बनाई बिरोध गरेका हुन् । मधेसी दललाई फकाउन सरकारले पहाडी जिल्लालाई छुट्टयाएर प्रदेशको सीमा फेरबदल गरे प्यूठानी जनताले सहेर नबस्ने चेतावनी दिएका छन् । पूर्व घोषित ५ नं प्रदेशबाट प्यूठान र रोल्पालाई छुट्याउने निर्णय भएपछि रोल्पा र प्युठानको संयुक्त रुपमा संघर्ण समिति समेत बनेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 300
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis