Incident Reports

संबिधान संसोधन प्रस्ताव दर्ता विरुद्ध अर्घाखाँचीमा अनिश्चितकालीन बन्द

2016-11-30

Lumbini, Arghakhanchi, Sandhikharka

RSS मंसिर १५, २०७३- ५ नम्बर प्रदेश टुक्राएर सरकारले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा बुधबार बिहानैदेखि अर्घाखाँची अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्लास्थित कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा लगायतका राजनीतिक दलको समर्थनमा उद्योग वाणिज्य संघले बन्द गरेको हो । बिहानैदेखि छोटो तथा लामो दुरीमा चल्ने गाडी ठप्प छन । पसल, उद्योग, कलकारखना, स्कुल क्याम्पस सबै बन्द भएका छन् । संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जनताको भावना विपरित सरकारले ५ नम्बर प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी र पाल्पालाई ४ नम्बर प्रदेशमा राखेकाले प्रस्ताव फिर्ता नलिएसम्म बन्द जारी रहने बताए । ‘अहिले अर्घाखाँची पुरै ठप्प छ,’ उनले भने, ‘प्रस्तावमा पहाड र तराईका जिल्ला छुट्याउने प्रस्ताव फिर्ता हुनुपर्छ । यो जनताको मर्म र भावना विपरित छ । यसले हित गर्दैन ।’ बिहानैदेखि व्यापारी, राजनीतिक दलका नेता र सर्वसाधारण सडकमा उत्रिए विरोध प्रदर्शन गरेका छन् । बलिनाद दिन तयार छौं : नेताहरु प्रदेश नटुक्र्याउन भन्ने सल्लाह दिँदादिँदै सरकारले जनताको विरुद्धमा ५ नम्बर प्रदेश टुक्राएर विधेयक प्रस्ताव दर्ता गरेकोमा अर्घाखाँचीका सबै राजनीतिक दल विरोधमा उत्रिएका छन् । ‘नियोजित तरिकाले टुक्राइएको छ,’ एमाले अध्यक्ष चेतनारायण आचार्यले टेलिफोनमा भने, ‘सरकारले तत्काल फिर्ता लिनुपर्छ । आन्दोलन अब सुरु भयो । फिर्ता नलिएसम्म विरोध जारी रहन्छ । म बलिदान दिन पनि तयार छु । तर, टुक्रिन दिन्नँ । गाउँबाट जनता सडकमा उतार्छौं । आन्दोलनको आँधिबेहेरी ल्याउँछौ ।’ सरकारले जनताको विरुद्धमा गरेको निर्णय उल्टाउने उनले बताए । प्रदेश नम्बर ५ मा मात्रै होइन अब देशभरी आन्दोलन हुने र सडक र सदनबाट प्रस्ताव पास हुन नदिने भन्ने केन्द्रीय नेताहरुसँग कुरा भएकाले आन्दोलन कसरी गर्ने भन्नेबारेमा तयारी र छलफल भइरहेको उनले बताए । सत्तारुढ दल कांग्रेसका अर्घाखाँची सभापति विष्णु मुस्कानले पनि प्रस्ताव दर्ताको विरोध गरे । ‘आजबाट आन्दोलन सुरु भयो,’ उनले भने, ‘सन्धिखर्कमा सबै दलबीच बैठक बस्दैछौं । छलफल गरेर निर्णायक आन्दोलनका कार्यक्रम सार्वजनिक गछौं ।’ सरकारले गलत निर्णय गरेको उनले बताए । तत्काल फिर्ता लिएर जनताको पक्षमा सरकार उभिनुपर्ने उनको भनाई छ । फिर्ता नलिएसम्म आन्दोलन नरोकिने उनले बताए । मओवादी केन्द्रका अर्घाखाँची इन्चार्ज एवं केन्द्रीय सदस्य चन्द्रबहादुर खडका ‘उज्ज्वल’ ले मंगलबार भएको पोलिटब्युरो बैठकमा आफूले ५ नम्बर प्रदेश टुक्र्याउन नहुने मत राखेको बताए । ‘लुम्बिनीका पहाडी जिल्ला टुक्र्याउनु बेठीक हो,’ उनले भने, ‘पाटी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णयमा पार्टी विरोधमा जाने कुरा भएन । तर, यो निर्णयले राम्रो गर्दैन ।’ जनताको असन्तुष्टीले आन्दोलन भएको छ । सरकारले फिर्ता लिनु उचित हुने उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Secondary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis