Incident Reports

संविधान संशाेधनविरूद्ध एमालेकाे प्रदर्शन

2016-11-30

Bagmati, Kathmandu, Kathmandu

नेकपा एमाले भातृ संगठनहरू युवा संघ नेपाल र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले संविधान संशाेधन विधेयककाे विराेध गर्दै संयुक्त रूपमा काठमाडाैंकाे नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्। नयाँबानेश्वरमा दुर्इ संगठनले कालाेपट्टि बाँधेर टायर बाली नाराबाजीसमेत गरेर प्रदर्शन गरेका हुन्। नयाँ बानेश्वरमा उनीहरूले बिराेध सभा अायाेजना गरेका थिए। विरोध सभालाई युवा संघका अध्यक्ष राजिव पहारी र अनेरास्ववियूकी अध्यक्ष नविना लामालगायतले सम्बोधन गरेका थिए। उनीहरूले संविधान संशाेधनका लागि सरकारले ल्याएकाे विधेयककाे चर्काे विराेध जनाएका छन्। उक्त विधेयक सरकारले अाफ्नाे अावश्कता भन्दा पनि विदेशकाे मागलार्इ सम्बाेधन गर्न ल्याएकाे उनीहरूकाे भनाइ छ। प्रदर्शनका कारण नयाँबानेश्वरको केहीबेर तनावपूर्ण बनेकाे थियाे।प्रदर्शनकारीले केहीबेर टायर बालेपछि प्रहरीले सडक खाली गराएकाे थियाे। यी संगठनहरूका मातृ पार्टी नेकपा एमालेकाे संसदीय दलको बैठकले भने बिहीबार संसद अवरुद्ध गर्दै सडकबाट समेत अान्दाेलन गर्ने घाेषणा गरेकाे छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Trend Analysis