Incident Reports

संशाेधन प्रस्तावकाे विराेध गरेकाे भन्दै पूर्वप्रधानमन्त्री केपी ओलीको पुत्ला दहन

2016-12-03

Lumbini, Kapilbastu, Kapilbastu

संविधान संशोधनको प्रस्तावको बाधक भएको आरोप लगाउदै कांगेस, माओवादी केन्द्र र मधेसी दलका कार्यकर्ताले शनिबार तौलिहवामा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीको पुत्ला दहन गरेका छन्। मधेसी जनताको भावना अनुसार बर्तमान सरकारले पेश गरेको संविधान संशोधनको प्रस्तावलाई एमालेले विफल तुल्यान प्रयास रहेको भन्दै तत्कालै सो कार्य बन्द हुन पर्ने उनीहरुले माग गरेका छन्। तौलिहवास्थित प्रशासन चोक अगाडि पुत्ला दहनका क्रममा उनीहरुले केपी ओली र एमाले बिरुद्ध चर्का नराबाजी समेत गरेका थिए। संघीय समाजबदी फोरमका जिल्ला अध्यक्ष सतिश चन्द्र गुप्ताले सरकारले अहिले ल्याएको प्रस्तावमा प्रदेश नम्बर ५ बाट केही पहाडी जिल्लाहरुलाई निकालेर नया प्रस्ताव गरेर सरकराले मधेसीको भावनालाई कदर गरेको बताए । तर सो प्रस्तावमाथि एमालेले बखेडा गरेकोले सो कार्य बन्द गर्न उनले आग्रह गरे। यसै बीच ११ दलले संयुक्त प्रेस बिज्ञप्ति निकालेर सरकारले दर्ता गराएको संशोधन प्रस्तावमा एमालेले गरेको ब्यवाहर र टिप्पणीले समाजिक सदभाव खलबलिने संभावना रहेको भन्दै त्यसको भ्रत्सना गरेका छन्। संशोधन प्रक्रियामा एमाले र तिनका नेता बाधक रहेको ठहर गर्दै उनीहरुले त्यस्ता क्रियाकलपा नरोकिए एमाले बिरुद्ध कडा प्रतिबाद गर्ने विज्ञप्ति मार्फत चेतावनी समेत दिएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis