Incident Reports

Civil society members protest in Butwal

2016-12-03

Lumbini, Rupandehi, Butwal

Members of civil society protested in Butwal against the amendment proposal to split the province 5. Large number of people took part in protest rally demanding the hilly region not be separated from Tarain in the province. They have said they will continue their protest until the amendment proposal is withdrawn. There was no vehicular movement on East West Highway, Siddhartha Highway and inner roads due to the protest. Industries and market areas also remained shut. बुटवल ५ नम्बर प्रदेशबाट तराई र पहाडलाई अलग नगर्न माग गर्दै नागरिक अगुवाहरुले आज बुटवलमा विरोध जुलुस निकालेका छन् । संयुक्त संघर्ष नागरिक समितिको नाममा निकालिएको विरोध जुलुसमा सामाजिक, मानव अधिकारवादी संघसस्था तथा कानुन व्यवसायीहरु सहभागी भए । सहभागीले प्रदेश टुक्र्याउन पाइँदैन, राष्ट्र विखण्डन गर्न पाइँदैन, हिमाल पहाड तराई कोही छैन पराई , राष्ट्रिय एकता जिन्दावाद लगायतका नारा लगाएका थिए । जेसिज चोकबाट निस्केको विरोध जुलुस, भानुपार्क, ट्राफिक चोक हुँदै पुष्पलाल पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभामा बोल्ने नागरिक अगुवाहरुले प्रदेश नम्बर ५ टुक्र्याउने गरी आएको विधेयक फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताए । यस्तै शंकरनगरबाट निस्केको युवाहरुको जुलुसले बुटवल परिक्रमा गरी पुष्पलाल पार्कमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएका छन् । विरोधका उत्रिएका अखिल छैटौंका विद्यार्थीहरुले आज बुटवलमा तराई पहाड टुक्र्याउने संघीयता खारेजका लागि भन्दै हस्ताक्षर संकलन गरेका छन् । ५ नम्बर प्रदेश नटुक्र्याउन माग गर्दै सडकमा उत्रिएका युवाहरुले दिनभर आज बुटवलका सडकमा नाचगान गरे । रुपन्देही बन्दको आव्हान गरेको संयुक्त संघर्ष समिति प्रदेश नम्बर ,५ अनेरास्ववियु, नेविसंघ, मदन भण्डारी स्पोटर्स एकेडेमी र अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी लगायतको अगुवाइमा चोक चोकमा नाचगान गरेर प्रदर्शन गरेका थिए । बन्दकर्ताको अवरोधका कारण बुटवल भएर गुड्ने र बुटवल भएर छुट्ने पूर्व-पश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारीकासाधन चलेनन् । भित्री सडकमा पनि सवारी ठप्प भए । बुटवलको बजार, औद्योगिक प्रतिष्ठान र कलकारखाना समेत बन्द भए । बन्दले बुटवल सहित रुपन्देही कै जनजीवन प्रभावित भयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis