Incident Reports

बुटवलमा नागरिक अगुवाको विरोध प्रदर्शन

2016-12-03

Lumbini, Rupandehi, Butwal

बुटवल ५ नम्बर प्रदेशबाट तराई र पहाडलाई अलग नगर्न माग गर्दै नागरिक अगुवाहरुले आज बुटवलमा विरोध जुलुस निकालेका छन् । संयुक्त संघर्ष नागरिक समितिको नाममा निकालिएको विरोध जुलुसमा सामाजिक, मानव अधिकारवादी संघसस्था तथा कानुन व्यवसायीहरु सहभागी भए । सहभागीले प्रदेश टुक्र्याउन पाइँदैन, राष्ट्र विखण्डन गर्न पाइँदैन, हिमाल पहाड तराई कोही छैन पराई , राष्ट्रिय एकता जिन्दावाद लगायतका नारा लगाएका थिए । जेसिज चोकबाट निस्केको विरोध जुलुस, भानुपार्क, ट्राफिक चोक हुँदै पुष्पलाल पार्कमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभामा बोल्ने नागरिक अगुवाहरुले प्रदेश नम्बर ५ टुक्र्याउने गरी आएको विधेयक फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने बताए । यस्तै शंकरनगरबाट निस्केको युवाहरुको जुलुसले बुटवल परिक्रमा गरी पुष्पलाल पार्कमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालको पुत्ला जलाएका छन् । विरोधका उत्रिएका अखिल छैटौंका विद्यार्थीहरुले आज बुटवलमा तराई पहाड टुक्र्याउने संघीयता खारेजका लागि भन्दै हस्ताक्षर संकलन गरेका छन् । ५ नम्बर प्रदेश नटुक्र्याउन माग गर्दै सडकमा उत्रिएका युवाहरुले दिनभर आज बुटवलका सडकमा नाचगान गरे । रुपन्देही बन्दको आव्हान गरेको संयुक्त संघर्ष समिति प्रदेश नम्बर ,५ अनेरास्ववियु, नेविसंघ, मदन भण्डारी स्पोटर्स एकेडेमी र अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी लगायतको अगुवाइमा चोक चोकमा नाचगान गरेर प्रदर्शन गरेका थिए । बन्दकर्ताको अवरोधका कारण बुटवल भएर गुड्ने र बुटवल भएर छुट्ने पूर्व-पश्चिम राजमार्ग र उत्तर दक्षिण सिद्धार्थ राजमार्गमा सवारीकासाधन चलेनन् । भित्री सडकमा पनि सवारी ठप्प भए । बुटवलको बजार, औद्योगिक प्रतिष्ठान र कलकारखाना समेत बन्द भए । बन्दले बुटवल सहित रुपन्देही कै जनजीवन प्रभावित भयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis