Incident Reports

म्याग्दी यातायात सेवाका जिप तोडफोड

2016-12-02

Gandaki, Myagdi, Malika

पश्चिम म्याग्दी यातायात सेवा प्रालि दरवाङले बेनी–दरबाङ सडकखण्डमा भोलिदेखि सञ्चालन गर्न ल्याएको दुईवटा जिप पर्वत बेनीमा तोडफोड भएको छ । दरबाङमा भोलि उद्घाटन गरी सञ्चालनमा ल्याउने तयारीका साथ ल्याउन लागेको जिपमध्ये दुईवटा जिपको अगाडिको सिसा, झ्याल लगायतमा क्षति पुगेको छ । म्याग्दी आउने क्रममा गएराति करिब १० बजे ८÷९ जनाको समूहमा आएका युवाले तोडफोड गरेको प्रालिका अध्यक्ष श्रीप्रसाद रोकाले बताए । उनले म्याग्दी जिप तथा बस सञ्चालक समिति अन्तर्गतको काउन्टरका कर्मचारीले आफ्नो प्रालिको सेवा सुचारु हुन नदिने नियतले उक्त तोडफोड गरेको दाबी गरे । उक्त समूहले जिप चालकलाई पनि हातपातको प्रयास गरेको बताइएको छ । म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले घटनालगत्तै तोडफोड भएका जिपलाई प्रहरी कार्यालयमा ल्याइएको र दोषीलाई पर्वत प्रहरीसँग समन्वय गरी खोजी गरिरहेको बताए । यसैबीच, उक्त तोडफोडमा आफ्नो समितिको कुनै संलग्नता नभएको म्याग्दी जिप तथा बस सञ्चालक समितिका कार्यालय प्रमुख देवेन्द्र पौडेलले जानकारी दिए । उनले उक्त प्रालिसँग सेवामा प्रतिस्पर्धा गर्न समिति तयार रहेको कारण समितिले कुनैपनि अनैतिक प्रतिस्पर्धा नगर्ने समेत बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 8
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
National/Online Media

0 Comments