Incident Reports

संविधान संशोधन विरुद्ध एमाले युवाको सिठी जुलुश

2016-12-03

Sudurpashchim, Kailali, Dhangadhi

नेकपा एमाले समर्थित युवा तथा विधार्थीहरुले संविधान संशोधन प्रस्ताव विधेयक संसदमा दर्ता गरेको विरोधमा शनिबार धनगढीमा सिठी जुलुश सहित विरोध प्रदर्शन गरेका छन् । युवा संघ र अनेराश्वबियुले संयुक्त रुपमा धनगढी स्थित एमाले पार्टी कार्यालयबाट सिठी जुलुश सहितको विरोध र्याली निकाली ट्राफिक चौराहमा कोण सभा गरेका थिए । 'संशोधन प्रस्ताब फिर्ता गर' लगायतका नारा सहित निकालिएको सिठी जुलुश पछि आयोजित कोण सभामा युवा संघका केन्द्रीय सदस्य मदन रेग्मी, राजेश खाती, अनेराश्वबियु कैलाली अध्यक्ष चुडामणी भट्टले जनताको भवन र चाहना विपरीत संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताब फिर्ता गरिनुपर्ने बताए । उनीहरुले बिधेयक फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए । साथै उनीहरुले राष्ट्र विरोधी संशोधन प्रस्तावको विरुद्धमा शुरु गरिएको आन्दोलनमा सहभागी हुन सबैलाई आग्रह गरे। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधन प्रस्तावको विधेयक विरुद्ध सडक र संसदबाट संघर्ष गर्ने निर्णय लगत्तै देशब्यापी एमाले समर्थित युवाहरुले विरोध प्रदर्शन गरिरहेका छन् । यस अघि बुधबार पनि युवाहरुले संशोधनको विरोधमा धनगढीमा प्रदर्शन गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Secondary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Kailali

0 Comments

Related Trend Analysis