Incident Reports

पत्नी हत्या घटनाका आरोपित विरुद्ध उजुरी

2016-11-24

Karnali, Mugu, Chhayanath Rara, Ward 3

श्रीनगर गाविस-७ की ३० वर्षीया चाउरी लुवारको हत्या गरेको आरोपमा ३१ वर्षीय पति जगति लुवारलाई कानुनी कारबाहीको माग गर्दै मृतकका भाइ जसवीर लुवारले मङ्सिर २० गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएका छन् । पीडित महिलालाई डोरीले घाँटी कसेर मङ्सिर ९ गते हत्या गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा प्रहरीले आरोपितलाई अनुसन्धानका लागि मङ्सिर १५ गते गिरफ्तार गरेको थियो । जगती लुवारले हत्या गरेको अभियोगमा मङ्सिर २० गते उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर ओमप्रकाश यादवले बताए । मृतकको पोष्टमार्टम मङ्सिर १० गते बाजुरा जिल्लाको कोल्टी अस्पतालमा भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC , Local Newspaper - Jumla

0 Comments