Incident Reports

भरुवा बन्दुकसहित एक पक्राउ

2016-12-08

Province 1, Dhankuta, Pakhribas

 धनकुटाको चुङवाङवाट बिहीबार प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई प्रक्राउ गरेको छ। चुङवाङ गाविस वडा नं. ६ का रामलालसिंह तामाङलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। तमाङले गाँउघरमा बन्दुक पड्काउँदै हिड्ने गरेको सूचना पाएपछि प्रहरी चौकीका ईन्चार्ज दुखन यादवको नेत्रृत्वमा गएको टोलीले घर खानतलासी गर्दा बन्दुक फेला पारेको थियो। तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याइएको छ।
National/Online Media , Local Newspaper - Morang

0 Comments