Locals of Madhyanepal municipality in Lamjung have called for bandh in the municipality on Thursday expressing discontentment on local level restructuring done by the Technical Support Committee. Vehicles passing from Damauli of Tanahu to Bhorletar via Duipiple of Madhyanepal have been affected after locals blocked all vehicles to enforce the bandh. Bandh enforces are also demonstrating at Duipiple.
The District Technical Support Committee had recommended Madhyanepal municipality to be merged with Bhorletar municipality and Bhorletar be made the center. Locals of Madhyanepal municipality are however demanding Madhyanepal to be made a separate village assembly with center in the village assembly itself.
पुनर्संरचनाको विषयलाई लिएर लमजुङको मध्यनेपाल नगरपालिकाका बासिन्दा आन्दोलनमा उत्रिएका छन् ।
उनीहरुले बिहीबार मध्यनेपाल नगरपालिका बन्द गरेका छन् । तनहुँको दमौलीबाट मध्यनेपालको दुईपिप्ले हुँदै भोर्लेटार लगायत अन्यत्र जाने, भोर्लेटारबाट मध्यनेपाल हुँदै जिल्लाका विभिन्न ठाउँ जाने, सदरमुकाम बेंसीसहर आउनेजाने तथा ग्रामीण सडकमा गुड्ने यातायात सञ्चालनमा स्थानीयले रोक लगाएका छन् । गन्तव्यका लागि छुटेका सवारीलाई उनीहरुले रोकेर राखेका छन् । बन्दकर्ता स्थानीयले दुईपिप्ले बजारको चोकमा उभिएर वा बसेर विरोध गरेका छन् ।
मध्यनेपाल नगरपालिकालाई भोर्लेटार नगरपालिकासग गाभ्न र केन्द्र भोर्लेटार राख्न जिल्लास्थित प्राविधिक सहयोग समितिले सिफारिस गरेको विरोधमा नगरपालिका बन्द गरेको उनीहरुले बताएका छन् ।
मध्यनेपाल नगरपालिकालाई यथावत र केन्द्र पनि मध्यनेपालको दुइपिप्ले नै हुनुपर्ने माग गर्दै उनीहरुले स्थानीय रामचन्द्र पराजुलीको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति बनाएर आन्दोलन थालेका हुन् । समितिका संयोजक पराजुलीले नगरपालिका र केन्द्र यथावत राख्न राजनीतिक दल र प्राविधिक सहयोग समितिसंग अनुरोध गरिएपनि सुनुवाई नभएकाले आन्दोलन गर्न बाध्य भएको बताए ।
सरकारले गतवर्ष असोजमा ५ गाविसलाई समेटेर मध्यनेपाल नगरपालिका घोषणा गरेको थियो । त्यतिबेला जिता, तान्द्राङटक्सार, सूर्यपाल, समीभञ्ज्याङ र रम्घा गाविसलाई समेटेर मध्यनेपाल नगरपालिका बनाइएको थियो ।
नगरपालिका कार्यान्वयनमा आएसँगै विकास निर्माणका कार्य विस्तारै अघि बढ्न थालेका बेला नगरपालिका टुक्र्याउने र अपायक ठाउँमा केन्द्र बनाउने प्रस्ताव गरेको भन्दै आन्दोलनमा उत्रिएको पराजुलीले बताए । स्थानीयको बन्दका कारण मध्यनेपालका बजार, संघसंस्था तथा यातायात बन्द छन् ।
स्थानीय तह पुनर्संरचना अन्तर्गत लमजुङबाट ८ वटा मुख्य प्रस्तावित तह र ८ वटै वैकल्पिक प्रस्ताव गरिएकोमा दुवै प्रस्तावित खाका अनुसार १२ वटा वडा रहने गरी मध्यनेपाल नगरपालिका र करापुटार नगरपालिका मिलाएर मध्यनेपाल नगरपालिका र केन्द्र हालको करापुटार नगरपालिकाको केन्द्र भोर्लेटार प्रस्ताव गरिएको छ ।