Incident Reports

पेस्तोल सहित पक्राउ

2016-12-11

Madhes, Rautahat, Madhav Narayan

सखुअवा–५ बस्ने २५ बर्षीय लालबाबु ठाकुरलाई प्रहरीले मेड इन युएसए लेखिएको १ थान पेस्तोल र सोको म्याग्जिन १ थान सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले शुक्रबार उनलाई सखुअवा–८ मा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उक्त पेस्तोल र म्याग्जीन बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , National/Online Media , Local Newspaper - Parsa

0 Comments