Incident Reports

विधुत चोर्नेले कर्मचारीलाई कुटे

2016-11-22

Province 1, Morang, Sunwarshi, Ward 9

कलाम मियाँ नेत्रित्वको समूहले कुटपिट गरेका छन् । मियाँको कुटाइबाट नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रका इन्जिनियर अमरजीत चौधरीलगायतका कर्मचारी सामान्य घाइते भएका छन् । हुकिङ् गरी विधुत चोर्नेको लाइन् विच्छेद गर्दैगर्दा आफ्नो कर्मचारीमाथि कुटपिट भएको नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रका प्रमुख नविन लाभले बताए । उनले हुकिङ् गरी बरामद गरेको सामानसमेत लुटपाट भएको बताए । इलाक प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अभिचन्द्र रिजालका अनुसार छानवीन गरी कर्मचारी कुट्ने उपर आवश्यक कार्वाही हुने बताए । दक्षिण पुर्वी मोरङको ग्रामीण क्षेत्रका गाविसहरुमा विधुत चुहावट हवात्तै बढेपछि नेपाल विधुत प्राधिकरण रंगेली वितरण केन्द्रले केही समययतादेखि तीब्र रुपमा चुहावट गर्नेमाथि कार्वाही थालेको छ । प्राधिकरणले हुकिङ् गरी घरमा चलाउने गरेको टिभी, मोटरलगायत घरायसी उपकरणहरु समेत नियन्त्रणमा लिने गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth unknown
Total Injured 5
Local Newspaper - Morang

0 Comments