Incident Reports

संशोधन प्रस्तावविरुद्ध नेपालगन्जमा प्रदर्शन

2016-12-11

Lumbini, Banke, Nepalgunj

प्रदेश ५ बाट पहाडी जिल्ला हटाउनेगरी सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको विरोध गर्दै प्रतिपक्ष एमालेले आइतबार नेपालगन्जमा प्रदर्शन गरेको छ । पासाङल्यामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केको विरोध जुलुस सुर्खेतरोड, वीपीचोक, धम्बोझीचोकहुँदै पुष्पलालचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध जुलुसमा एमाले अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता थियो । मधेसी, थारु र मुस्लिम तथा जनजाति भातृसंगठनका नेता कार्यकर्ता पनि संशोधन प्रस्तावको विरोधमा सहभागी थिए । विरोधसभालाई सम्बोधन गर्दै एमाले वैकल्पिक केन्द्रीय सदस्य दिनेशचन्द्र यादवले सरकारले जन चाहनाविपरितको संशोधन प्रस्ताव ल्याएर द्वन्द्व निम्त्याउन खोजेको बताए । ‘यो संविधान संशोधन हैन, कार्यान्वयन गर्ने समय हो’ उनले भने, ‘शान्त रहेको प्रदेश ५ लाई चलाएर सरकारले द्वन्द्व निम्त्याउने र निर्वाचन टार्ने षडयन्त्र गरेको छ ।’ बाँके–४ का सांसद दलबहादुर सुनारले तराई र पहाड जोड्न हुन्न भन्ने अतिवाद राष्ट्रिय हितमा नभएकैले एमाले विरोधमा उत्रिएको दाबी गरे । उनले संविधान संशोधनको प्रस्ताव सरकारले छिमेकी दूतावासको दबाबमा ल्याएकाले फिर्ता गर्नुमा नै बुद्धिमानी हुने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Weapons None
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 200
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Banke , Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis