Incident Reports

भरुवा बन्दुकसहित २ जना पक्राउ

2016-11-21

Province 1, Dhankuta, Chhathar Jorpati

धनकुटा, ६ मंसिर - अवैध भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । घरमा लुकाई राखेको सूचनाको आधारमा प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा परेवादिन गाविस गाअविस- ४ का ४० वर्षका विर्खबहादुर तामाङ र परेवादिन गाविस ८ का ५० वर्षका वीरबहादुर तामाङ रहेका छन् । उनीहरुको घरमा लुकाई राखेको भरुवा बन्दुकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई हातहतियार खरखजना ऐनअन्तर्गत कारबाही गरिने प्रहरी उपरीक्षक विभुतिराज पाण्डेले बताए।
Local Newspaper - Morang

0 Comments