Incident Reports

केबलकार संरचनामा तोडफोड

2016-12-11

Bagmati, Dolakha, Kalinchok

कालिञ्चोक कुरीस्थित निर्माणाधीन केबुलकारको संरचनालाई सामुदायिक वन समूहले आइतबार तोडफोड गरेका छन् । जिल्ला वन कार्यालयले सामुदायिक वनलाई हस्तान्तरण गरेको जग्गा गुठी संस्थानले आफ्नो भन्दै केबलकारलाई दिएकाले विवाद चुलिएको हो । बिनास्वीकृति सामुदायिक वनभित्र केबुलकार निर्माण गर्न लागेको भन्दै जिल्ला वनको रोहवरमा समूहले संरचनामा तोडफोड गरेका हुन् । उक्त संरचना झरेनी र सुकराम सामुदायिक वनभित्र निर्माण भएको दाबी जिल्ला वनको छ । उक्त जग्गालाई गुठी संस्थानले आफ्नो जग्गा भन्दै अनुमति दिएपछि त्यहाँ एक किलोमिटर लामो केबुलकार बन्न लागेको थियो । गुठी र वनले आआफ्नो जग्गा भनेर दाबी गरेपछि कुरीबाट कालिञ्चोक मन्दिरसम्म निर्माण गर्ने भनिएको केबुलकार संकटमा परेको छ । गुठी संस्थानले प्रक्रिया पूरा गरिदिएपछि केबुलकार निर्माण थालेको प्रवद्र्धक बालकृष्ण शिवाकोटीले बताए । ‘जग्गा कसको हो भन्नेबारे गुठी र वनबीचको विवाद हो,’ उनले भने ‘बिनाजानकारी व्यवसायीको लगानीमाथि तोडफोड गर्न मिल्दैन ।’ जिल्ला वन अधिकृत विष्णुप्रसाद भण्डारीले सूचना निकालेर सामुदायिक वनलाई हस्तान्तरण गरेको जग्गामा नियम पूरा नगरी संरचना बनाउन थालिएकाले कारबाही प्रक्रिया अघि बढेको बताए । l
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Access/control of private land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth unknown
National/Online Media

0 Comments