प्रदेशको माग गर्दै दुई हप्तादेखि जारी आन्दोलन अन्तर्गत दोस्रो चरणको आन्दोलनको पहिलो दिन उनीहरूले प्यूठानको सदरमुकाम खलङ्गा, व्यापारिक केन्द्र बाग्दुला र बिजुवारको जुम्रीमा दिउँसो दुई बजेदेखि तीन बजेसम्म एक घण्टा यातायात बन्द गरेका हुन् ।
बन्द कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तुल्सीराम शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष कृष्ण खडका, नेपाली काङ्ग्रेसका अध्यक्ष अमर भण्डारी र मालेका सचिव धनेश्वर गौतम लागयतका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार आज सन्धिखर्कमा आज महिलाहरूले थाल जुलुस निकालेर संविधान संशोधन प्रस्तावको विरोध गरे ।
प्रदर्शनकारीहरूले दिउँसो सदरमुकाम सन्धिखर्कको शान्ति बगैँचाबाट सुरु गरी बजार परिक्रममा गरिेर पुनः शान्ति बगैँचामा कोणसभा गरेर संशोधन प्रस्तावको विरोध गरेका थिए ।
संविधान संशोधनको विरोधमा आज पनि जिल्ला बन्द कार्यक्रम यथावत राखेकाले जनजीवन प्रभावित भएको छ । बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले २० ओटा सवारी साधनलाई नियन्त्रणमा लिएर साँझ ५ बजेपछि छोडिदिएको बताए ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार सरकारले संविधान संशोधन प्रस्ताव फिर्ता नगरेको भन्दै आन्दोलन परिचालन कमिटीको मङ्सिर २६ गते बसेको आन्दोलन परिचालन कमिटीको बैठकले आन्दोलन शसक्त पार्ने निर्णय गरेको जानकारी दिइएको छ ।