Incident Reports

महिला तथा बालबालीका कार्यालयमा धर्ना

2016-11-29

Lumbini, Palpa, Tansen

विनु पुलामी मगरको हत्या अभियोगमा पक्राउ परेका ३ जनालाई कडा कारवाहीको माग गर्दै तनसेनमा खबरदारी र्यली निकालेका छन। पीडित पक्षले मंगलवार महिला तथा बालबालिका कार्यलयमा धर्नासमेत दिएका छन। उनिहरुले विनु हिन्सामा परेको बताउदै भदौ ३१ गते सहयोग माग्न कार्यलय आउँदाअसमेत उचित सहयोग नगरेको आरोप लगाउदै धर्न दिएका हुन। धर्नापछी उनिहरुले हत्यारालाई कारवाही गर, नक्कली विवाह दर्ता गर्ने अधिवक्ता विनोद कार्कीलाई कारवही गर, महिला हिन्सा अन्त्य गरौ, जस्ता नारा लागाउदै नगरपरिक्रमा गरेका थिए। हत्या अभियोगमा ताहु यू फुरुङदिका विनुका श्रीमान दीपेन्द्र बस्याल, ससुरा लक्ष्मण बस्याल र् सासु पार्वती बस्याललाई जिल्ला प्रहरी कार्यलय पाल्पाले कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी अनुसन्धान गरिसहेको छ। २०६९ साल भदौमा दीपेन्द्र बस्यालसँग प्रेम विवाह गरी घरजम गरी बसेकी पुलामिको गत कार्तिक ४ गते हुगीको असेर्दी कालीगण्डकी तटमा शव फेला परेको थियो। सनाखत नभएपछी प्रहरीले बेवारीसे शव तनसेन नगरपालिकालाई जिम्मा लगएको र् कार्तिक ८ गते राम्दी बगरमा गाडीएको थियो। माइती पक्षले आफ्नी छोरी संपर्कमा नआएको भन्दै मङ्सिर ८ गते मंगलबार प्रहरिमा किटानी जाहेरी दिएपछी अनुसन्धान अगाडी बढेको हो। अनुसन्धानमा कुनै चलखेल नहोस् भन्ने उद्देशयले स्थान बासिन्दा, संयुक्त विधार्थी मोर्चा, अधिकारकर्मी र संचारकर्मीहरुले विभिन्न विधीबाट खबरदारीका साथै निगरानी गर्दै आएका छन।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments