Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2016-09-26

Bagmati, Sindhupalchok, Balefi, Ward 3

२९ वर्षीया महिलालाई गत असोज १० गते बलात्कार गरेको आरोपमा फुल्पीङ्कोट गाविस-६ च्यानडाँडाका २० वर्षीय सानुकान्छा तामाङलाई प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित महिलाको ०७२ असोज ११ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनायो । पीडित पक्षले असोज १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनापछि आरोपित फरार भएकाले घटनाको अनुसन्धान पुरा गरी जिल्ला प्रहरी कार्यालयले जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको र सरकारी वकिल कार्यालयले पनि आरोपितलाई हदैसम्मको दण्ड सजायको जिल्ला अदालत समक्ष माग गरेको थियो । घटनाको मिसिल जिल्ला अदालतमा पेश भइसकेकाले हाल गिरफ्तार भएका आरोपितलाई मङ्सिर २९ गते जिल्ला अदालतमा पेश गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएको दुई महिनापछि पीडित महिलाको मृत्यु भइसकेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments