Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2016-12-13

Bagmati, Makawanpur, Hetauda

हेटौँडा उमनपा-१७ का ३३ वर्षीय देवराज शाक्य र २८ वर्षीय विमला लामालाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर २८ गते गिरफ्तार गरेको छ । पीडित महिला सुन्तली घलानले मङ्सिर २२ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा दिएको उजुरीका आधारमा आवश्यक अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बामदेव गौतमले बताए । आरोपितद्वयले ०७३ कात्तिक २८ गते विवाह गरेर हेटौँडा बजारमा कोठा भाडामा लिएर राखेको पीडित महिलाको आरोप छ । चालु आर्थिक वर्षको ५ महिनामा बहुविवाहका आरोपित आठ जोडीलाई प्रहरीले गिरफ्तार गरेर मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

0 Comments