Incident Reports

आमाहरूले निकाले साङ्लाे जुलुस

2016-12-14

Lumbini, Rupandehi, Butwal

सरकारले प्रदेश टुक्र्याउन थालेकोप्रति आपत्ति जनाउँदै महिला सञ्जालका आमाहरूले बुधबार साङ्लो जुलुस निकालेका छन् । जनभावना विपरीतको प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अलग्याउन सदनमा दर्ता भएको संशोधन प्रस्ताव फिर्ता लिन दवाव लिन यस क्षेत्रमा दुई सातादेखि विभिन्न चरणका दबाबमुलक प्रदर्शन जारी छन् । संयुक्त संघर्ष समितिको समन्वयमा महिला सञ्जालको नेतृत्वमा आमाहरूले भैरहवाको बुद्धचोक, बुटवलको राजमार्ग चौराहा, सालझन्डी, सैनामैना र देवदहमा साङ्गले जुलुस निकालेर दिउँसो १ बजेदेखि २ बजेसम्म चक्काजाम गरेका हुन् । समितिले बिहीबार साँझ सिठीसहितको मसाल जुलुस प्रदर्शन गरी विरोध गर्ने र पुस १ गतेदेखि ३ गतेसम्म प्रदेश नम्बर ५ का सबै जिल्लामा आमहडताल गर्ने कार्यक्रम रहेको एमाले नेता एवं बुद्धिजीवी परिषद् सदस्य प्राध्यापक भरत पोख्रेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Other forms of non-violent protest
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis